साझा अक्षर

सुदूरपश्चिमका सन्दीप साउदले रचे इतिहास, टियु मैदानमा कीर्तिमानी शतक

भजनी २१ जेष्ठ/कैलालीको टीकापुर नगरपालिका–सूर्यपुरका युवा क्रिकेट प्रतिभा सन्दीप साउद ले नेपाली घरेलु क्रिकेटमा नयाँ इतिहास रचेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा जारी यू–१६ राष्ट्रिय जयकुमारनाथ क्रिकेट लिग अन्तर्गत उनले कीर्तिमानी शतक प्रहार गर्दै सबैको ध्यान आफ्नोतर्फ खिच्न सफल भएका हुन्।

सन्दीपले विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै केवल ६० बलमा अविजित १२६ रनको शानदार पारी खेले। उनको यो शतक जयकुमारनाथ लिग इतिहासकै अहिलेसम्मको सर्वोच्च व्यक्तिगत स्कोरका रूपमा दर्ज भएको छ। मैदानभर चौका–छक्काको वर्षा गर्दै उनले विपक्षी बलरमाथि पूर्ण रूपमा दबाब सिर्जना गरेका थिए।

टियु मैदानमा उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको उनको प्रदर्शनले नेपाली क्रिकेटमा नयाँ प्रतिभाको उदय भएको संकेत दिएको छ। क्रिकेट विश्लेषकहरूले समेत सन्दीपको खेल शैली, आत्मविश्वास र आक्रामक ब्याटिङ क्षमतालाई नेपाली क्रिकेटको उज्ज्वल भविष्यसँग जोडेर हेर्न थालेका छन्।

प्रतियोगिताभर २७४ रन र ६ विकेट लिएका थिए।उनले उत्कृष्ट खेल प्रदर्शन गरेका सन्दीप ‘प्लेयर अफ द टूर्नामेन्ट’ तथा ‘बेस्ट ब्याट्सम्यान अफ द टूर्नामेन्ट’ घोषित भए। व्यक्तिगत उपलब्धिसँगै उनले सुदूरपश्चिम प्रदेश र आफ्नो गृह जिल्ला कैलालीलाई राष्ट्रिय स्तरमा थप चिनाउन सफल भएका छन्।

टीकापुरको सूर्यपुर जस्तो ग्रामीण क्षेत्रबाट राष्ट्रिय मञ्चमा पुगेर कीर्तिमान कायम गर्नु सम्पूर्ण सुदूरपश्चिमका लागि गर्वको विषय बनेको छ। उमेर समूह क्रिकेटमा उनले देखाएको प्रतिभाका कारण सन्दीपलाई नेपाली क्रिकेटका सम्भावित भविष्यका सुपरस्टारमध्ये एकका रूपमा हेरिन थालेको छ।

स्थानीय खेलप्रेमीहरूले सन्दीपको सफलताले सुदूरपश्चिमका अन्य युवा खेलाडीहरूलाई पनि क्रिकेटतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। नेपाली क्रिकेटमा नयाँ आशाको किरण बनेका सन्दीप साउदको यो उपलब्धिले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने अपेक्षा बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *