Skip to main content

Bhajani Today

भजनी बजारमा जेब्रा क्रस निर्माण

भजनी १४ जेठ /कैलालीको भजनीस्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट भजनी तथा समाजसेवी राम प्रसाद रेग्मीको सहयोगमा महुन्याल मा विद्यालय अगाडि र भजनी बजारको मूल सडकमा  जेब्रा क्रस निर्माण गरिएको छ।

सवारी दुर्घटना न्यूनीकरण तथा पैदल यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै उक्त कार्य सम्पन्न गरिएको हो। विशेषगरी विद्यालय जाने विद्यार्थी, ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई सडक पार गर्न सहज र सुरक्षित वातावरण सिर्जना गर्ने उद्देश्यले जेब्रा क्रस निर्माण गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट भजनी प्रमुख नरेश चन्दले बताउनुभयो।

स्थानीयवासीले यस कार्यको प्रशंसा गर्दै बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। साथै, यसले सडक पार गर्ने सर्वसाधारण तथा विद्यालय जाने विद्यार्थीहरूलाई सहज तथा सुरक्षित आवतजावतमा सहयोग पुग्ने अपेक्षा गरिएको रेग्मीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *