साझा अक्षर

सम्पादकीय…..

खेलकुदमा लगानी गरौँ, भजनीको भविष्य उज्यालो बनाऔँ

कैलाली जिल्लामा हालै सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भजनी नगरपालिकाका विद्यार्थी खेलाडीहरूले देखाएको प्रदर्शन साँच्चिकै प्रशंसनीय र प्रेरणादायी छ। सीमित स्रोत–साधन, खेल सामग्रीको अभाव, दक्ष प्रशिक्षकको कमी तथा व्यवस्थित खेल मैदान नहुँदा पनि भजनीका खेलाडीहरूले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल हुनु सामान्य उपलब्धि होइन। यो भजनीका युवाहरूको क्षमता, मेहनत र अदम्य आत्मविश्वासको परिणाम हो।

तर दुःखको विषय के हो भने, यति ठूलो सम्भावना बोकेको खेलकुद क्षेत्र अझै पनि स्थानीय सरकारको प्राथमिकतामा पर्न सकेको छैन। नगरपालिकाले खेलकुद क्षेत्रका लागि छुट्याउने बजेट अत्यन्त न्यून छ। खेलाडीहरू आफ्नै संघर्ष र व्यक्तिगत प्रयासका भरमा प्रतिस्पर्धामा उत्रिन बाध्य छन्। पर्याप्त प्रशिक्षण, गुणस्तरीय खेल सामग्री र पूर्वाधार बिना नै उनीहरूले प्राप्त गरेको सफलता आफैंमा एउटा सशक्त सन्देश हो— यदि उचित लगानी र अवसर प्राप्त भए भजनीका खेलाडीहरूले अझ ठूलो सफलता हासिल गर्न सक्छन्।

आज आवश्यक कुरा खेलाडीहरूको प्रशंसा मात्र होइन, उनीहरूको भविष्य सुनिश्चित गर्ने दीर्घकालीन नीति हो। स्थानीय सरकारले अहिलेको सफलतालाई एउटा अवसरका रूपमा लिनुपर्छ। खेलकुद क्षेत्रलाई केवल औपचारिक कार्यक्रम वा प्रतियोगितामा सीमित नराखी योजनाबद्ध रूपमा विकास गर्न आवश्यक छ। विद्यालयस्तरदेखि पालिकास्तरसम्म खेल पूर्वाधार निर्माण, नियमित प्रशिक्षण, दक्ष प्रशिक्षक व्यवस्थापन र प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने समय आएको छ।

स्थानीय तहमा अझै पनि विभिन्न अनुत्पादक शीर्षकमा बजेट खर्च हुने प्रवृत्ति कायमै छ। आफ्ना आसेपासे र कार्यकर्तामुखी कार्यक्रमका नाममा हुने फजुल खर्चलाई कटौती गरी खेलकुद, शिक्षा र युवामुखी क्षेत्रमा लगानी गर्न सकिए भजनीको भविष्य परिवर्तन हुन सक्छ। खेलकुदमा गरिएको लगानी केवल पदक जित्नका लागि मात्र होइन, युवाहरूलाई कुलत, बेरोजगारी र निराशाबाट जोगाउने प्रभावकारी माध्यम पनि हो।

भजनीका युवाहरूमा क्षमता छ, जोश छ, सम्भावना छ। आवश्यक छ त केवल अवसर र सहयोगको। स्थानीय सरकारले अब भाषणभन्दा व्यवहारमा देखिने निर्णय लिनुपर्छ। खेलाडीहरूलाई संघर्षको भरमा होइन, राज्यको साथ र संरक्षणमा अगाडि बढ्ने वातावरण निर्माण गर्नुपर्छ। खेलकुदमैत्री नीति र पारदर्शी बजेट व्यवस्थापनमार्फत भजनीलाई खेलकुदको उर्वर भूमि बनाउन सकिन्छ।

अब पनि खेलकुद क्षेत्रलाई बेवास्ता गर्ने हो भने भजनीले धेरै प्रतिभाशाली खेलाडी गुमाउनेछ। त्यसैले आजको आवश्यकता स्पष्ट छ— फजुल खर्च घटाऔँ, खेलकुदमा लगानी बढाऔँ, र भजनीका युवाहरूको भविष्य सुरक्षित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *