साझा अक्षर

टीकापुरमा अटो तथा माेटरसाइकल पार्टसकाेे पसल उद्घाटन

टीकापुरमा अटो तथा माेटरसाइकल पार्टसकाेे पसल उद्घाटन

टिकापुर ,कार्तिक २५/ कैलालीको टिकापुर नगरपालिका –१ टिकापुर बजारमा अटो तथा माेटर साइकलका पार्टसकाे पसल सञ्चालनमा आएको छ । उद्योग वाणिज्य संघ टिकापुरका कार्यसमिति सदस्य सर्पराज साउँदले टिकापुर खड्ग चाेक बसपार्क स्थित न्यु एस. के. सप्लायर्स पसलको मंगलबार उद्घाटन गरेका हुन् । पसल उद्घाटन गर्दै सदस्य साउँदले व्यापार, व्यवसाय यस क्षेत्रमा लगानि हुनु सराहनीय भएको बताए । आर्थिक मन्दीका कारण, व्यापार बन्द भएको र जर्जर आर्थिक अवस्थामा पनि व्यापार सञ्चालनकाे हिसाबले सकारात्मक भएको उनलेे बताएका थिए । अटो तथा माेटर साइकलका जेन्युन पार्टसका लागि अन्तकतै जानू नपर्ने र उचित मुल्यमा प्रदान गरिने सप्लायर्सका संचालक सुरेश खड्काले जानकारी दिए । हाेलसेल…
Read More
नगदसहित ७ जना जुवाडे पक्राउ

नगदसहित ७ जना जुवाडे पक्राउ

भजनी, कार्तिक १५/कैलालीको पर्यटकीय क्षेत्र पितमारीबाट नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. ७ पितमारी स्थित ग्रिन सिटी होटलबाट दैलेख जिल्लाको ठाँटीकाध गाउँपालिका वडा नं. १ का होटल सञ्चालक ३० वर्षीय लोकेन्द्रबहादुर शाही सहित सात जना पक्राउ परेका हुन् । उक्त होटल भित्र खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक शाहीसहित ७ जना पक्राउ परेका हुन् । शाहीसहित सातै जनालाई नगद १ लाख ७७ हजार १ शय पैंतालीस र १२ गड्डी ताससहित इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनएको छ ।
Read More
कैलालीमा दुई दशकदेखि वन जोगाइरहेका खुमबहादुर

कैलालीमा दुई दशकदेखि वन जोगाइरहेका खुमबहादुर

 ईन्द्रा केसी २०८२ कार्तिक ९/  कैलाली। कैलाली मुलुकभरि सबैभन्दा बढी वन क्षेत्र भएको जिल्लामध्ये एक हो । धेरै वन क्षेत्रमध्ये यहाँको भजनी नगरपालिका–२ मा अवस्थित राधाकृष्ण सामुदायिक वन ४४६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सुन्दर हरियाली, ताल तलैयासँगै स्वच्छ वातावरण रहेको वनले हरेकको मन तान्छ । यहाँ पिकनीक खान, बोटमा चढ्न र प्रकृतिसँगै रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । यही हरियालीबीचमा एउटा अनुहार छ, जसले वन संरक्षणमा दुई दशकभन्दा बढी समय विताएका छन् । राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले दुई दशकभन्दा बढी समय वनको संरक्षण, वनजन्य स्रोतको दिगो व्यवस्थापन र समुदायमा सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्…
Read More
नुहाउने क्रममा नहरमा डुवेर जुम्ल्याहा दिदीबहिनी सहित ३ जनाको मृत्यु

नुहाउने क्रममा नहरमा डुवेर जुम्ल्याहा दिदीबहिनी सहित ३ जनाको मृत्यु

भजनी, ७ कार्तिक/कैलालीको जानकी गाउँपालिका वडा नं.-५ गुजरुवास्थित सातविघा नजिकै कुलरिया नहरमा नुहाउने क्रममा शुक्रवार विहान डुवेर जुम्ल्याहा दिदीवहिनी सहित ३ बालिकाको ज्यान गएको छ । मृतकका आफन्तले दिएको जानकारी अनुसार डुवेर ज्यान गुमाउनेहरुमा टीकापुर नगरपालिका वडा नं.-१ ब्लक नं.-१५ का जुम्ल्यहा दिदीबहिनी निशा वजगाई, मानुषी बजगाईं र जानकी गाउँपालिका वडा नं.-५ गुजरुवाकी सुलोचना तिमिल्सैना रहेका छन् । मृतक निशा र मानुषी जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा-५ मा सुलोचना तिमिल्सैना सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा-४ मा अध्ययनरत थिए । निशा र मानुषीको आफन्त कहाँ गएका बेला नुहाउने क्रममा डुवेर ज्यान गएको हो । मृतकहरुको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ…
Read More
धानको समर्थन मूल्य कार्यान्वयन गराउन कैलालीका स्थानीय तहलाई अनुरोध

धानको समर्थन मूल्य कार्यान्वयन गराउन कैलालीका स्थानीय तहलाई अनुरोध

भजनी/जिल्ला प्रशासन कार्यालय कैलालीले धानको समर्थन मूल्य कार्यान्वयन गराउन कैलालीका स्थानीय तहलाई विशेष अनुरोध गरेको छ। प्रशासनले शुक्रवार एक सूचना जारी गर्दै नेपाल सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न अनुरोध गरेको हो। ‘जिल्लामा स्थानीय रैथाने बाली प्रवद्र्धन तथा संरक्षण गर्न र स्थानीय कृषकहरूलाई सहयोग समेत पुर्याउने  उद्देश्य सरकार मन्त्रिपरिषद्को मिति २०८२ साउन २६ गतेको निर्णय अनुसार धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हुँदा सम्पूर्ण कृषक दाजुभाइ, दिदीबहिनी, तथा सम्बन्धित सरोकारवाला एवं धान चामलका उद्योगी व्यापारीहरूमा आवश्यक सहयोग र जानकारीको लागि अनुरोध छ’ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा जारी सूचनामा भनिएको छ ‘नेपाल सरकारको उक्त निर्णयलाई आ–आफ्नो क्षेत्रभित्र कार्यान्वयन…
Read More
कैलालीमा घाँटी रेटेर युवकको हत्या

कैलालीमा घाँटी रेटेर युवकको हत्या

भजनी/आपसी विवादमा एक युवकको वीभत्स हत्या गरिएको छ । घोडाघोडी –८ मा गएराति खाजा खाने क्रममा भएको विवादका क्रममा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले सुर्खेतको चौकुुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मासमर्पण गरेको बताए । उनकाअनुसार धारिलो हतियारले रेटिएको टाउको बोकेर शुक्रबार राति नै घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुुखडमा पुगेका थिए । उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ ।प्रहरीका अनुुसार मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा…
Read More
स्थानीय सरकारको बेथितिका विरुद्ध युवा एकजुट हुँदै

स्थानीय सरकारको बेथितिका विरुद्ध युवा एकजुट हुँदै

असोज २२ /भजनी नगरपालिकाले ल्याएको चालु आर्थिक वर्षको बजेट तथा बेथितिका विरुद्धमा युवाहरू एकजुट भएर स्थानीय सरकारको विरोध सुरु गरेका छन् ।भजनीका युवाहरूले स्थानीय सरकारको बजेट जनमुखी नभएको भन्दै स्थानीय सरकारको कार्यक्रमको विरोध गर्दै सरकारका हरेक बेथितिका विरुद्ध एकजुट भएर सामना गर्न तयार भएका हुन । सचेत युवाहरूले मंगलबार आवश्यक छलफल नै गरेर नगरपालिकामा हुने भ्रष्टाचार र अनियमितताका विरुद्ध एकताबद्ध भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।नगरपालिकामा बढ्दै गएको भ्रष्टाचार र बेथितिका विरुद्ध सबै वडाबाट समेटिने गरी कमिटी नै समेत गठन भएको छ । युवाहरुको भेलाबाट अमृत कुमालको संयोजकत्वमा २९ सदस्यीय कमिटी गठन गरिएको हो । उक्त कमिटीले वडा…
Read More
टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट

टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट

२०८२ असोज १६ /नेपालीहरुको महान चाड बडादसैँको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ। टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ।त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्न…
Read More

२०८२ सालको बडा दशैंको पावन अवसरमा ग्राहहवर्ग, आफन्तजन, शुभचिन्तक लगायत देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली -हरुमा सुख, शान्ती एवम् सम्बृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Read More
समुदायको सहयोग बिना प्रहरीको प्रयास मात्र सफल हुँदैन : डिएसपी डाँगी

समुदायको सहयोग बिना प्रहरीको प्रयास मात्र सफल हुँदैन : डिएसपी डाँगी

भजनी/इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश डाँगीले समुदायको सहयोग अपरिहार्य भएको बताएका छन् ।हालै सरुवा भएर टिकापुर आएका डिएसपी डाँगीले घटस्थापनाको दिन कमाण्ड सम्हालेका हुन । उनले बिहीबार टीकापुरका सक्रिय सञ्चारकर्मीसँग काे परिचयात्मक कार्यक्रममा साे कुरा बताएका हुन । वर्तमान अवस्थामा प्रहरीलाई नागरिकसँगको सल्लाह सुझाव र सहकार्यको आवश्यकता रहेको बताएका हुन् । ‘यहाँका सबै क्षेत्रका नागरिक अगुवाको सहयोगको अपेक्षा गरेको छु’ उनलेभने।’साेकार्यक्रम सहभागी संचारकर्मिले बढ्दो लागुपदार्थ नियन्त्रणमा ध्यान दिनुपर्नेमा जाेड दिएका थिए भने चोरी तस्करी लगायतका घटना नियन्त्रणमा समेत प्रहरी सकृय ढंगले अघि बढ्नुपर्ने सुझाव दिए।गाडीमा प्रेस लेखेर गैर पत्रकारले पत्रकार कै बदनाम गरेको बताएका थिए । क्रियाशील पत्रकारले आफू…
Read More
महिलालाई कुटपिट गर्ने डिएसपीलाई संरक्षण होइन, कानूनी दायरामा ल्याउ 

महिलालाई कुटपिट गर्ने डिएसपीलाई संरक्षण होइन, कानूनी दायरामा ल्याउ 

 २०८२ आश्विन २ बिहीबार प्रकाशित/गत भदौ २२ गते आइतबार खक्रौला स्थित सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप पौडेलले मिना चाैधरिलाइ कुटपिट गरे । पिडित भनिएकि महिलाले तुरुन्तै उनी माथि विना कसुर गरिएको ज्यादतीको बारेमा मिडिया गुहारिन । भर्खरै तीन हप्ता अघि मात्रै खक्राैला सशस्त्रको कमान्ड सम्हाल्न आएका डिएसपी प्रविण पाैडेलले आएकै दिन देखि स्थानीय केही नागरिक संगकाे टसल परेको थियोे । यहाँ बाट विदाई भएर जाँदै गरेका डिएसपी राजन शाहलाई विदाई गर्न सशस्त्र क्याम्प पुगेका स्थानीय नागरिक अगुवा र व्यापारी सित पहिलोपटक मै उनी बाझिए,अर्को दिनमा भन्सारको गेटमै स्थानीय युवाहरु सित बाझाबाझ भयो । लगत्तै…
Read More
जेनजीको पक्षमा भजनीका युवाले गरे शोक सभा

जेनजीको पक्षमा भजनीका युवाले गरे शोक सभा

भजनी । सरकारले निशस्त्र युवा पुस्तामाथि गरेको क्रूर बर्बर दमनको विरुद्धमा तथा जेनजी पुस्ताले अघि बढाएको आन्दोलनको पक्षमा भजनीमा रहेका युवा तथा जेनजीले शोक सभा आयोजना गरेका छन् ।केहीबेर अघि भजनी बजारमा युवा तथा जेनजीको आयोजनामा शोक सभा सम्पन्न गरिएको युवा नेता सुरेन्द्र प्रसाद जैशी जानकारी दिए। शोक सभामा दीप प्रज्वलन गरेर शहिद भएका युवाहरुको आत्माको चीर शान्तिको कामना गरिएको छ।
Read More
देशभरि अशान्तिबीच भजनीमा जेनजी समूहद्वारा शान्तिपूर्ण दबाब कार्यक्रम 

देशभरि अशान्तिबीच भजनीमा जेनजी समूहद्वारा शान्तिपूर्ण दबाब कार्यक्रम 

  भजनी २६ / देशभरि विरोध प्रदर्शन, तोडफोड र आगजनीका घटनाले भयावह रुप लिँदै जाँदा समेत भजनि शान्त र अनुशासित रहन सफल भएको छ। स्थानीय जेनजी समूहका युवाहरूले शान्तिपूर्ण दबाब कार्यक्रममार्फत आफ्नो आवाज उठाउनुका साथै सरकारी संरचनालाई जोगाउन समेत उल्लेखनीय भूमिका खेलेका छन्। भौतिक संरचना जलेर तहसनहस हुने घटनाहरू बढिरहेका बेला भजनीका युवाहरूले उल्टै शान्ति र सहकार्यको उदाहरण प्रस्तुत गरेका छन्। उनीहरूले स्थानीय प्रशासनलाई सहयोग गर्दै आगो निभाउने, भीड नियन्त्रण गर्ने तथा आक्रोशित जनतालाई सम्झाउने काममा अग्रसर भई समुदायलाई ठूलो राहत पुर्‍याएका छन्। शान्त वातावरण कायम राख्न सहयोग गर्ने युवामध्ये अमृत कुमाल, हरि काफ्ले, नानु काफ्ले, सुरेन्द्र काफ्ले, गोपी कडायत…
Read More
सामुदायिक वनको १०औं साधारण सभा सम्पन्न

सामुदायिक वनको १०औं साधारण सभा सम्पन्न

कैलाली जिल्लाको जोशीपुर वडा ३मा रहेको शंकर सामुदायिक वन उपभोक्ता समुहको १० औ साधारणसभा सम्पन्न भएको छ। वनका अध्यक्ष दान सिंह चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी जोशीपुर गाउँपालिका वडा न ३ वडाअध्यक्ष रेणु चौधरीले सामुदायिक बनले सधारणसभा समयमै गर्नु पर्ने बताए । प्रत्येक बर्ष गरिएका काम अभिलेखिकरण गर्दै , सस्थागत रूपमा नेतृत्व बिकास गर्दा सामुदायिक बनको वार्षिक आम्दानी को सामुदायिक बनको बिधान अनुसार गरिबी न्यूनीकरण गर्दै , यसरी सामुदायिक बन सरक्षण , सम्बर्द्धन गर्दै सदुपयोग गर्दा सहज रुपमा दाउरा , घाँस , स्याउला पाउन स्थानीयलाई सहज भएको चौधरीले बताए । सामुदायिक बनको उपभोक्ताहरुको जिबिको पार्जन , चोरि सिकारी…
Read More
भजनीमाअपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

भजनीमाअपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

कैलालीको भजनी नगरपालिकाको सहकार्य तथा बाल कल्याण संघ टीकापुरको आर्थिक तथा प्राविधिक सहयोगमा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ ।बाल कल्याण संघको सहयोगमा नगरपालिका भित्रका २२ जना अपाङ्गता भएका नागरिकहरुलाई विभिन्न सहायक सामग्री वितरण गरिएको महिला बालवालिका तथा समाजकल्याण उपशाखाको भजनी नगरपालिका प्रमुख रिजु चौधरीले जानकारी दिनु भयो ।  ७ जनालाई ह्वीलचेयर, ७ जनालाई वैशाखी,६ जनालाई सेतोछडी र २ जनालाई वाकर वितरण गरिएको भजनी नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत कैलाश थारु डगौराले बताए ।  
Read More