कैलालीको धनगढीमा राष्ट्रियता लोकतन्त्र र समरुपतावाद प्रति समर्पित, दलित मुक्ति आन्दोलनका ऐतिहासिक क्रान्तिकारी योद्धा,एवं समरुपतावादी नेता स्व.चन्द्र वहादुर रैका को १९ औँ स्मृति दिवस धनगढीमा बिबिध कार्यक्रमको आयोजना गरी मनाईएको छ । चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट रहनुभएको थियोे । १९ अौ स्मृति दिवसको अवसरमा मानबसेवा आश्रममा रहेका असाहय बुवाआमा र बालबालिकालाई सामूहिक दिवा भोजन समेत गराईएको थियोे । कार्यक्रमका प्रमुख अतिथी एंव सुदूरपश्चिम सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट ले स्व. चन्द्र बहादुर रैका दलित समुदायको मात्रै नेता नभईकन हामी सबैको साझा सशक्त क्रान्तिकारी नेता भएको बताउनु भयो ।…
भजनी: २७ वर्षदेखि बन्द रहेको कर्णाली नदी छेवैको कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुरमा परीक्षण उडान गरेको हाे। नेपाल एयरलाइन्सको परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टीकापुर विमानस्थलमा अवतरण भएका छन्। पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमा छन्। टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ उडान हुने गरेको थियो। टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले संघीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र यहाँका जनताको माग पूरा गर्नुपर्ने बताए। समुद्रि सतहबाट २ सय ४३ मिटर उचाइमा…
धनगढी ८ कार्तिक २०८१/सुदूरपश्चिम प्रदेश सामजिक विकास मन्त्रालयले दलित शसक्तिकरण ऐन कार्यान्वयनमा नआउदै संशोधनका लागी प्रस्ताव गरेको विद्येयक दलित समुदायका नेता,अगुवा एंव दलित नागरिक समाजले ठाडै अस्विकार गर्दै कार्यान्वयनको माग गरेका छन । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले दलित शसक्तिकरण ऐन कार्यान्वयनमा नआउदै संशोधनका लागी प्रस्ताव गरेको विद्येक सम्बन्धी सुझाव संकलन कार्यक्रम्मा सहभागी दलित संघ संस्थाका प्रतिनीधिहरुले संशोधन विद्येक अस्विकार गर्दै कार्यान्वयनको माग गरेका हुन । सामाजिक विकास मन्त्रालयले ऐन संशोधन गर्न बनाएको विद्येकमाथी छफफल गर्न आयोजना गरेको कार्यक्रमको मान्यूटमा समेत हस्ताक्षर नगरी उनीहरुले संशोधनका लागी अघि सारीएको विद्येकलाई अस्विकार गर्दै एकमतले कार्यान्वयनको माग गरेका हुन । सामाजिक विकास मन्त्रालयका…
भजनी/तिहार नजिकिँदै जाँदा भजनी नगरपालिकाले यसवर्ष प्लास्टिकका माला बिक्रीवितरणमा रोक लगाउने तयारी गरेको छ ।बुधबार एक सुचना जारी गर्दै नगरपालिकाले प्लास्टिकका फुल माला बिक्रीवितरणमा रोक लगाउने जानकारी दिएको हो । नगरपालिकालेस्वदेशी उत्पादन फूलका मालालाइ प्रोत्साहन गर्न र प्लाष्टिक जन्य सामाग्रीको न्यूनिकरण गर्न भारतबाट भित्रिने प्लाष्टिकका फूलमालालाई निरुत्साहित गरि आयात तथा विक्रिवितरणमा रोक लगाउने नीतिअनुसार नगरपालिका अगाडि बढ्ने नगर प्रमुख केवल चौधरीद्वारा जारी गरिएको सुचनामा उल्लेख गरिएको छ।नगरपालिका भित्र रहेका व्यापार व्यावसायी तथा सम्पुर्ण नगरवासीहरुले आउँदै गरेको महान चाड शुभ दिपावली तथा छठ पर्वमा प्लास्टिकका माला र पुष्प सामाग्री विक्रिवितरण तथा प्रयोग नगर्न/नगराउन हुन सम्बन्धित सबैको जानकारी गराइएको भन्दै सूचनालाई अटेर…
भजनी/कैलालीको भजनीमा प्रात: स्मरणीय पूज्यनीय पिता स्व. तोयनाथ जोशीको ३१औं स्मृतिका अवसरमा आयोजित ११औं रक्तदान कार्यक्रम आईतबार भजनीमा सम्पन्न भएको छ। पाण्डव जनरल स्टोर भजनीको आयोजित एबम् नेपाल रेडक्रस सोसाइटी टीकापुर र भजनीको प्राविधिक सहयोग तथा लघुवित्त कर्मचारी मिलन केन्द्र भजनीको सहकार्यमा भजनीमा रक्तदान कार्यक्रम गरेको थियो।कार्यक्रममा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी, उप प्रमुख राजु तिरुवा,संघिय माननीय गंगा चौधरी ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलाली सभापति बासु विनाडी, सशस्त्र प्रहरी बल , सञ्चारकर्मी , कर्मचारी, रक्तदानसँग आबद्ध अन्य व्यक्तिहरू गरी ५०जना रक्तदाताहरूले रक्तदान गरेको टंक प्रसाद जोशीले जानकारी दिनुभयो। रक्तदान कार्यक्रमको उद्घाटन भजनी नगरपालिका नगर उप प्रमुख राजु तिरुवाले…
भजनी२९असोज कैलालीको भजनीमा डेंगु संक्रमण बढेसँगै भजनी नगरपालिका वडा नं ४को आधारभूत स्वास्थ्य केन्द्रले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ। नगरपालिकाले नगरभित्रका नौवटा स्वास्थ्य केन्द्रबाट ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको हो। मंगलबारदेखि अभियान थालिएको नगरपालिका स्वास्थ्य संयोजक कैलाश चौधरीले बताए। सडक छेउछाउ पर्ने भजनी नगरपालिकाको वडा नं ४ विभिन्न टोल तथा क्षेत्रमा डेंगु खोज र नष्ट अभियान चलाइएको छ। (more…)
भजनी२०८१असोज २०खेम राज पाण्डेय कैलालीको भजनीमा सरोकारवालाहरुसँग परियोजनाको परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ। दिगो विकास समाज भजनी, यार्ड नेपाल धनगढी र वाल कल्याण संघ टीकापुरको आयोजनामा भएको कार्यक्रमको वर्ल्ड भिजन नेशनल नेपालको साझेदारी रहेको थियो।कार्यक्रमको प्रमुख अतिथि भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी रहनु भएको थियो।उक्त कार्यक्रम उपप्रमुख राजु तिरुवा,प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपाने,वडा अध्यक्ष,विषयगत शाखा प्रमुख,साझेदारी संस्थाका प्रतिनिधि र सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो। परिच्यात्मक कार्यक्रममा साझेदारी संस्थाले २०२४मा गरेका कामकाजको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो।भने २०२५ मा गरिने क्रियाकलापहरूको बारेमा तीनै वटा संस्था आ आफ्नो गतिविधि तथा लागत सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। परियोजनाको लागत समावेशी…
भजनी १६असोज /जिल्लाको भजनीमा पालिका स्तरीय डेंगु रोग नियन्त्रणका लागि सरोकारवलाहरुसँग अन्तर्क्रिया कार्यक्रम भजनीमा सम्पन्न भएको छ।बुधवार भजनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा अन्तर्क्रिया कार्यक्रम गरिएको हो ।डेंगु रोग आम नागरिकमा सचेतना पुर्याउनुपर्ने भजनी नगरपालिका वडा नं ३का अध्यक्ष तथा प्रवक्ता विक्रम चौधरीले बताए । स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले डेंगु वर्षा यामको सुरुसँगै बढ्ने कीटजन्य रोग हो । एडिस एजिप्टाई/एल्बोपिक्टर्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । एक जना सङ्क्रमित बिरामीबाट अर्को बिरामीमा सार्छ । लामखुट्टेको वृत्ति विकास खास गरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुन्छ । अहिले पनि देशभरका धेरै ठाउँहरूबाट केसहरू बढ्दै गएको अवस्था देखिन्छ…
कैलालीको टीकापुरमा ओत,जलचर संरक्षण ऐन तथा दिगो माछा संरक्षण साथै नदीजन्य पदार्थ उत्खनन सम्बन्धी अभिमखीकरण आज टीकापुरमा सम्पन्न भएको छ।नेपाल सरकारको समन्वयमा बेलायत सरकार अन्तर्गत डार्विन इनिसिएरिभको आर्थिक सहयोगमा विश्व बन्यजन्तु कोष नेपाल,डल्फिन संरक्षक केन्द्र, सोनाहा तथा अनुसन्धान फाउन्डेशन तथा मुक्त कमैया महिला विकास मञ्चको समन्वयमा ओत संरक्षणका लागि कर्णाली नदीमा आश्रित समुदायको जिविको पार्जन तथा सबलीकरण परियोजना अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो।सो कार्यक्रममा ओतको परिचय,बासस्थान, महत्व,चुनौती तथा समस्या समाधानको बारे साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेशनका कार्यकारी निर्देशक सञ्जय थापाद्वारा सहजीकरण गरिएको थियो। त्यसै गरी कर्णाली नदीमा दिगो माछा मार्ने विधिहरू,संरक्षण गर्ने विधिहरू तथा जलचर संरक्षण ऐन २०१७…
सात वटा मोटरसाइकल पक्राउ भजनी / कैलालीको टीकापुर क्षेत्रबाट भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल प्रहरीले पक्राउ गरेकाे छ । शसस्त्र प्रहरीकाे केन्द्रीय ब्युराेटाेलीले शनिबार राती करिब २ बजेकाे समयमा नेपाल भारत सिमा क्षेत्रमा पर्ने माेहना र कर्णाली नदीकाे दाेभानबाट पक्राउ गरेकाे हाे । शसस्त्र प्रहरी प्रस्तावित गुल्म खक्राैलाकाे प्रतिबेदन अनुसार ७ वटा माेटरसाईकल र कपडाकाे मूल्य १२ लाख ९८ हजार ३ सय बराबर रहेकाे सत्ति भन्सार कार्यालय खक्राैलाका सुब्बा सिताराम बुढाथाेकिले जानकारी दिएका छन । नेपाल भित्र्याउन लागेकाे कपडामा १३६ पिस सुट,२९ पिस पर्दा,७८ मिटर ब्लाउजकाे कपडा,४३ पिस साडी,१० पिस लाैलिया,लेहङ्गा कपडा ६० मिटर,मलमल…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…