Skip to main content

Bhajani Today

पालिका स्तरीय डेंगु रोग नियन्त्रण सम्बन्धी सरोकारवलाहरुसँग अन्तर्क्रिया

 

भजनी १६असोज /जिल्लाको भजनीमा पालिका स्तरीय डेंगु रोग नियन्त्रणका लागि सरोकारवलाहरुसँग अन्तर्क्रिया कार्यक्रम भजनीमा सम्पन्न भएको छ।बुधवार भजनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा अन्तर्क्रिया कार्यक्रम गरिएको हो ।डेंगु रोग आम नागरिकमा सचेतना पुर्‍याउनुपर्ने भजनी नगरपालिका वडा नं ३का अध्यक्ष तथा प्रवक्ता विक्रम चौधरीले बताए । स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले डेंगु वर्षा यामको सुरुसँगै बढ्ने कीटजन्य रोग हो । एडिस एजिप्टाई/एल्बोपिक्टर्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । एक जना सङ्क्रमित बिरामीबाट अर्को बिरामीमा सार्छ । लामखुट्टेको वृत्ति विकास खास गरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुन्छ । अहिले पनि देशभरका धेरै ठाउँहरूबाट केसहरू बढ्दै गएको अवस्था देखिन्छ । सबैले सचेत हुन आवश्यक छ।कार्यक्रममा नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।उक्त कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो।कार्यक्रम मार्फत सचेतना कार्यक्रम गर्दै आएको र आगामी दिनमा सहयोगका लागि सदैव संस्थान तयार रहेको स्वास्थ्यकर्मी बासु देव बजगाईले बताउनु भयो।नगर प्रमुख चौधरीले यो रोगबाट बचाउन सबै क्षेत्रबाट आ आफ्नो प्रयास गर्नु पर्ने आवश्यक देखिएको बताए।अन्तर्क्रिया कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा सह संयोजक लक्ष्मी चौधरीले गर्नुभएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *