कैलालीको टीकापुरमा ओत,जलचर संरक्षण ऐन तथा दिगो माछा संरक्षण साथै नदीजन्य पदार्थ उत्खनन सम्बन्धी अभिमखीकरण आज टीकापुरमा सम्पन्न भएको छ।नेपाल सरकारको समन्वयमा बेलायत सरकार अन्तर्गत डार्विन इनिसिएरिभको आर्थिक सहयोगमा विश्व बन्यजन्तु कोष नेपाल,डल्फिन संरक्षक केन्द्र, सोनाहा तथा अनुसन्धान फाउन्डेशन तथा मुक्त कमैया महिला विकास मञ्चको समन्वयमा ओत संरक्षणका लागि कर्णाली नदीमा आश्रित समुदायको जिविको पार्जन तथा सबलीकरण परियोजना अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो।सो कार्यक्रममा ओतको परिचय,बासस्थान, महत्व,चुनौती तथा समस्या समाधानको बारे साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेशनका कार्यकारी निर्देशक सञ्जय थापाद्वारा सहजीकरण गरिएको थियो। त्यसै गरी कर्णाली नदीमा दिगो माछा मार्ने विधिहरू,संरक्षण गर्ने विधिहरू तथा जलचर संरक्षण ऐन २०१७ सम्बन्धमा मन्स्या विकास अधिकृत सूर्य शाहद्वारा प्रकास पारिएको थियो। नदीजन्य पदार्थको दिगो रुपमा उत्खनन्।
साथै वातावरणीय प्रभाव मू्याङ्कन (EIA) प्रारम्भिक वातावरणीय परिक्षण (IEE) संरक्षित वातावरणीय अध्ययन (BES)हरुको महत्व तथा प्रक्रिया बारेमा वातावरण विज्ञ दिनेश चन्द जोशीद्वारा सहजीकरण गरिएको थियो।उक्त कार्यक्रममा भजनी,लम्की चुहा , टीकापुर, राजापुर,जानकी र गेरुवा पालिका जनप्रतिनिधि , जिल्ला वन कार्यालय बर्दियाका कर्मचारी तथा प्रतिनिधि, चरा विज्ञ,WWF का प्रतिनिधि,सव डिभिजन वन कार्यालय भजनी र टीकापुर प्रमुख तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी, राजापुर नगरपालिका वडा नं ६वडा अध्यक्ष तथा प्रवक्ता अस राज न्यौपाने र सव डिभिजन वन कार्यालय टिकापुरका प्रमुख विश्व राज पण्डितले आफ्ना भनाइ राख्नु भएको थियो।तल्लो कर्णाली नदीमा पाइने ओत संरक्षणका निम्ति मुख्य चुनौतीका रुपमा रहेको अवैधानिक तथा विनाशकारी माछा मार्ने विधि तथा नदीजन्य पदार्थ उत्खननको न्यूनीकरण गर्न सरकारी कर्मचारी लक्षित याद कार्यक्रमको उद्देश्य रहेको डल्फिन संरक्षरण केन्द्रका परियोजना संयोजक विजयराज श्रेष्ठ बताउनु भयो।
ओत,जलचर संरक्षण ऐन तथा दिगो माछा संरक्षण साथै नदीजन्य पदार्थ उत्खनन सम्बन्धी अभिमखीकरण सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1