
कैलालीको टीकापुर स्थित विभिन्न स्थानमा दुर्घटना न्यूनीकरण गर्न मन्दिर,स्कुल, सत्ति बजार,वडा कार्यालय,खैरिपुर,गरि जम्मा ७वटा स्थानमा जेब्राक्रसिङ निर्माण गरिएको छ । हुलाकी सडक खण्ड अन्तरगत खैरिपुर चोकमा जेब्राक्रसिङ निर्माण गरिएको हो ।बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी गराउन जेब्राक्रसिङ निर्माण गरिएको हो । सत्ति स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टले जेब्राक्रसिङ निर्माण गरिएको हो । जेब्राक्रसिङ निर्माण गरिएको सत्ति स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी हवल्दार जयहरि चन्दले जानकारी दिए ।
निर्माण गरिएका जेब्राक्रसिङबाट मात्र बाटो काट्न स्थानीयलाई प्रहरीले अनुरोध गरेको छ । पछिल्लो समयमा हुलाकी सडकमा दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले विद्यालय देखि लिएर सडकका यात्रुहरुलाई समेट ट्राफिक नियम सचेतनामुलक सम्बन्धी जानकारी गराउँदै आएको छ ।