Skip to main content

Bhajani Today

भजनीमा बिपद टास्कफोर्स र समुदायका अगुवालाई आत्मसुरक्षा तालिम सम्पन्न

कैलालीको भजनीमा टास्कफोर्स र समुदायका अगुवाहरुका लागि आत्मसुरक्षा सम्बन्धि ३ दिने तालिम भजनीमा सम्पन्न भएको छ । तालिमको भजनी नगर प्रमुख केबल चौधरीले उद्घाटन गर्नु भएको थियो।

भजनी नगरपालिकाको समन्वय, Kerk in actie को आर्थिक सहयोग तथा Cordaid को प्राबिधिक सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्घारा संचालित प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशमा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रम अन्तर्गत बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा स्थानीय समुदाय र टास्कफोर्सको ज्ञान सीप र क्षमता अभिवृद्धि गर्ने उद्घेश्यले उक्त तालिम अायोजना गरेको हो । ३ दिने उक्त तालिमको सहजीकरण रतन टमट्टा र चन्द्र साउँदले गरेका थिए ।

तालिममा भजनी नगरपालिका उपप्रमुख राजु तिरुवा ,टास्कफोर्सका तर्फबाट सहभागी रिता चौधरी,खेमराज जैशी र प्रशिक्षक रतन टमट्टाले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको पालिका स्तरीय बिपत ब्यवस्थापन समितिका सदस्य एंव कार्यपालिका सदस्य शान्ति कुमारी चौधरी को अध्यक्षतामा भएको थियोे ।

तालिममा भजनी नगरपालिकाका ९ वटै वडाका टास्कफोर्सका २४ जनाको सहभागीता रहेको थियोे।कार्यक्रमको सहजीकरण परियोजना अधिकृत राजेन्द्र रैकाले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *