Skip to main content

Bhajani Today

योग सेवा केन्द्र को उद्‌घाटन

सुनाफाँटा/ भजनीमा खैलाड योग सेवा केन्द्रको उद्घाटन गरिएको छ।पतंजली योग समिती भजनीका नगर अध्यक्ष टंक प्रसाद जोशीको सभापतित्वमा भएको कार्यक्रममा “खैलाड योग सेवा केन्द्र को उद्‌घाटन कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख केबल चौधरीले गर्नु भएको थियो।विशिष्ट वडा नं ४ का वडाअध्यक्ष- जन्ताराम चौधरी,पतंजली योग समिती प्रशिक्षण विभाग कैलालीका महामन्त्रि पूर्ण प्रसाद जोशी र अतिथिमा सिताराम चौधरी, लक्ष्मी राज जोशी, गजेन्द्र चौधरी र वीरेन्द्र भण्डारी लगाएतको सहभागिता रहेको थियो। अस्वस्थकर खानपान (जाँड रक्सी सेवन, चुरोट, खैनीको कुलत) निष्क्रिय जीवनशैली (शारीरिक व्यायामको कमी) जस्ता कारण दीर्घ र नसर्ने रोगको सामना गरिरहनु परेको छ । यो अवस्थामा सुधार ल्याएर सहरी स्वस्थ्य जीवनशैलीका लागि योग कक्षामार्फत प्रवर्धनात्मक, निरोगात्मक, सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्ने कार्यक्रमको उद्देश्य रहेको पतंजली योग समिती भजनीका नगर अध्यक्ष टंक प्रसाद जोशीको भनाइ छ ।उक्त कार्यक्रम सन्चालक मिन बहादुर धामीले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *