Skip to main content

Bhajani Today

बिश्व नदी दिवसको अवसरमा चित्रकला

भजनी /कैलालीको टिकापुरमा बिश्व नदी दिवसको अवसरमा “सबैका लागी पानी´´ भन्ने बिषयमा आइतबार होटेल सिद्वर्थमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा कर्णाली नदी तटीय क्षेत्र वरपरका टिकापुर, राजापुर नगरपालिका तथा जानकी, जोशीपुर गाउँपालिकाका ११ वटा विद्यालयका ३६ जना विद्यार्थी सहभागी थिए ।कक्षा ८ देखि १० कक्षासम्मका छात्रछात्राले प्रतियोगितामा भाग लिएका थिए । हाम्रो प्रण, कर्णाली नदीको संरक्षण भन्ने मुल भाव रहेको उक्त प्रतियोगितामा “सबैका लागी पानी ´´ बिषयमा विद्यार्थीले चित्रकला कोरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा आउन सफल प्रतियोगिलाई प्रमुख अतिथि टिकापुरका नगरप्रमुख रामलाल चौधरीले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसै गरि प्रतियोगितामा सहभागी सम्पुर्ण बिध्यर्थीहरुलाई सोनहा बिकास समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति शान्ति सोनहाले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।कर्यक्रममा नदीको महत्व बुझाउन विद्यालयस्तरबाट सचेतनाका लागि प्रतियोगिता आयोजना गरिएको डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले बताउनुभयो । नदीको महत्व सबैलाई बुझाउन बिद्यार्थीको चित्रकलामा भावना चित्रण भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *