Skip to main content

Bhajani Today

७औं वार्षिकोत्सबमा सन नेपाल लाईफ इन्स्योरेन्स स्टेशनरी सामाग्री वितरण

कैलालीको भजनीमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को ७औं वार्षिकोत्सबमा सामाजिक उत्तदायित्वमा भजनी  उपशाखाले सरस्वती आधारभूत  विद्यालय भजनी न.पा.०५ कौवाखेडामा अध्यनरत अति विपन्न विद्यार्थीहरुलाई  स्टेसनरी सामाग्री वितरण गरेकाे सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी प्रालीका भजनी शाखा प्रमुख नव राज बुढाले जानकारी दिनु भएको छ।।उक्त ७औं वार्षिकोत्सबमा वडा नं ५का वडा अध्यक्ष केशव बुढाको  प्रमुख अतिथिमा भएको कार्यक्रमका विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  गगन बहादुर साउद रहनु भएको थियो।  उक्त कार्यक्रममा  प्रेम बहादुर साउद, रामनारायण चौधरी, मातृका उपाध्याय, शिक्षक र विद्यार्थीको लगाएतको सहभागिता रहेको थियो। भजनी सन लाइफ इन्स्योरेन्स प्रमुख नवराज बुढा सन नेपाल लाइफ इन्स्योरेन्स आफ्नो ७ औ वार्षिकको उपलक्ष्यमा देश भरका कार्यलयले आ आफ्नो क्षेत्रमा  सामाजिक कार्य विभिन्न किसिमको सहयोग गर्दै आएको र सन नेपाल लाइफ अन्य इन्स्योरेन्स तुलनामा फरक रहेको र सामाजिक कार्यमा सधै सहयोग गर्न बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *