Skip to main content

Bhajani Today

प्रमुख समाचार

भजनीमा लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन

भजनीमा लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन

भजनी२९असोज कैलालीको भजनीमा डेंगु संक्रमण बढेसँगै भजनी नगरपालिका वडा नं ४को आधारभूत स्वास्थ्य केन्द्रले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ। नगरपालिकाले नगरभित्रका नौवटा स्वास्थ्य केन्द्रबाट ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको हो। मंगलबारदेखि अभियान थालिएको नगरपालिका स्वास्थ्य संयोजक कैलाश चौधरीले बताए। सडक छेउछाउ पर्ने भजनी नगरपालिकाको वडा नं ४ विभिन्न टोल तथा क्षेत्रमा डेंगु खोज र नष्ट अभियान चलाइएको छ। (more…)
Read More

सशस्त्र प्रहरी खक्राैलाले गर्याे पटाका बरामद

भजनी/खक्राैला स्थित सशस्त्र प्रहरी टोलीले गए राति करीब ९० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । प्रस्तावित सिमा सुरक्षा गुल्म खक्राैला बाट खटिएको टोलीले अवैधरूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटका( फूलझरी, बुलेट बम, चक्कर हाइड्रो फोइल्स) लगायतका विष्फोटक पदार्थ हिजो साँझ बरामद गरि आज भन्सार कार्यालयमा बुझाएको हो ।बरामद गरिएका पटाका र से.३ प. ५७९९ नम्बरको १५० सिसिकाे कालो रंगको पल्सर सत्ति भन्सार कार्यालय पठाइएको गुल्मपति डिएसपी पुर्ण चन्दले जानकारी दिए ।
Read More

भजनीमा राष्ट्रिय परिचय पत्र सम्बन्धि आवेदन फारम र बायोमेट्रिक विवरण भर्ने कार्य सूरु

भजनी २० असोज /कैलालीको भजनीमा राष्ट्रिय परिचय पत्र सम्बन्धि आवेदन फारम र बायोमेट्रिक विवरण भर्ने कार्य सूरु भएको छ । राष्ट्रिय परिचय पत्र बनाउन छुटेकाहरुका लागि असोज २० गते देखि भजनी नगरपालिकाको सभाहलमा राष्ट्रिय परिचय पत्र र बायोमेट्रिक विवरण दर्ता गर्ने कार्य सुरु भएको हो । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरे सँगै ईलाका प्रशासन कार्यालय टीकापुरमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड भएकोले भजनीका आम जनताको सुलव तथा सुविधाका लागि भजनीमै राष्ट्रिय परिचय पत्रको फारम भर्ने कार्य गरिएको नगर प्रमुख केवल चौधरीले बताउनु भयो पालिकाले राष्ट्रिय परिचय पत्र आवेदन फारम वडागत रुपले असोज २०देखी…
Read More
भजनीमा सरोकारवालाहरुसँग परियोजनाको परिच्यात्मक कार्यक्रम सम्पन्न

भजनीमा सरोकारवालाहरुसँग परियोजनाको परिच्यात्मक कार्यक्रम सम्पन्न

भजनी२०८१असोज २०खेम राज पाण्डेय  कैलालीको भजनीमा सरोकारवालाहरुसँग परियोजनाको परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ। दिगो विकास समाज भजनी, यार्ड नेपाल धनगढी र वाल कल्याण संघ टीकापुरको आयोजनामा भएको कार्यक्रमको वर्ल्ड भिजन नेशनल नेपालको साझेदारी रहेको थियो।कार्यक्रमको प्रमुख अतिथि भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी रहनु भएको थियो।उक्त कार्यक्रम उपप्रमुख राजु तिरुवा,प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपाने,वडा अध्यक्ष,विषयगत शाखा प्रमुख,साझेदारी संस्थाका प्रतिनिधि र सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो। परिच्यात्मक कार्यक्रममा साझेदारी संस्थाले २०२४मा गरेका कामकाजको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो।भने २०२५ मा गरिने क्रियाकलापहरूको बारेमा तीनै वटा संस्था आ आफ्नो गतिविधि तथा लागत सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। परियोजनाको लागत समावेशी…
Read More
पालिका स्तरीय डेंगु रोग नियन्त्रण सम्बन्धी सरोकारवलाहरुसँग अन्तर्क्रिया

पालिका स्तरीय डेंगु रोग नियन्त्रण सम्बन्धी सरोकारवलाहरुसँग अन्तर्क्रिया

  भजनी १६असोज /जिल्लाको भजनीमा पालिका स्तरीय डेंगु रोग नियन्त्रणका लागि सरोकारवलाहरुसँग अन्तर्क्रिया कार्यक्रम भजनीमा सम्पन्न भएको छ।बुधवार भजनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा अन्तर्क्रिया कार्यक्रम गरिएको हो ।डेंगु रोग आम नागरिकमा सचेतना पुर्‍याउनुपर्ने भजनी नगरपालिका वडा नं ३का अध्यक्ष तथा प्रवक्ता विक्रम चौधरीले बताए । स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले डेंगु वर्षा यामको सुरुसँगै बढ्ने कीटजन्य रोग हो । एडिस एजिप्टाई/एल्बोपिक्टर्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । एक जना सङ्क्रमित बिरामीबाट अर्को बिरामीमा सार्छ । लामखुट्टेको वृत्ति विकास खास गरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुन्छ । अहिले पनि देशभरका धेरै ठाउँहरूबाट केसहरू बढ्दै गएको अवस्था देखिन्छ…
Read More
विद्यार्थी नेताद्वारा विद्यालय सरसफाई

विद्यार्थी नेताद्वारा विद्यालय सरसफाई

भजनी १५असोज /कैलालीको भजनीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (समाजवादी) का केन्द्रिय सचिवालय सदस्य एवं नारायणी- मधेस प्रदेश सह- इन्चार्ज लाेकेस जोशीले भजनी नगरपालिका वार्ड न ५मा रहेको कर्मेश्वर मा विद्यालयकोअनुगमन गर्दा त्यस विद्यालयमा देखिएका समस्याहरुकाे सवैभन्दा सँवेदनसिल विद्यार्थी र शिक्षक अभिभावककाे लागि सरसफाई स्वास्थ्य र शिक्षाका लागि अनिवार्य हुने भएकाले विद्यालय सफा सुरक्षीत स्वस्थय विद्यालय वनाउन आफै अग्रसर भई शिक्षक र विद्यार्थीकाे सहयाेगमा सरसफाई कार्यक्रम गरिएको नारायणी- मधेस प्रदेश ईन्चार्ज जोशीले जानकारी दिए।
Read More
इन्धनको मूल्य घट्यो

इन्धनको मूल्य घट्यो

[wpstatistics stat=usersonline]भजनी १४ असोज चाडपर्वको नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रु छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु दुई घटाइएको जनाएको छ ।
Read More
ओत,जलचर संरक्षण ऐन तथा दिगो माछा संरक्षण साथै नदीजन्य पदार्थ उत्खनन सम्बन्धी अभिमखीकरण सम्पन्न

ओत,जलचर संरक्षण ऐन तथा दिगो माछा संरक्षण साथै नदीजन्य पदार्थ उत्खनन सम्बन्धी अभिमखीकरण सम्पन्न

कैलालीको टीकापुरमा ओत,जलचर संरक्षण ऐन तथा दिगो माछा संरक्षण साथै नदीजन्य पदार्थ उत्खनन सम्बन्धी अभिमखीकरण आज टीकापुरमा सम्पन्न भएको छ।नेपाल सरकारको समन्वयमा बेलायत सरकार अन्तर्गत डार्विन इनिसिएरिभको आर्थिक सहयोगमा विश्व बन्यजन्तु कोष नेपाल,डल्फिन संरक्षक केन्द्र, सोनाहा तथा अनुसन्धान फाउन्डेशन तथा मुक्त कमैया महिला विकास मञ्चको समन्वयमा ओत संरक्षणका लागि कर्णाली नदीमा आश्रित समुदायको जिविको पार्जन तथा सबलीकरण परियोजना अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो।सो कार्यक्रममा ओतको परिचय,बासस्थान, महत्व,चुनौती तथा समस्या समाधानको बारे साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेशनका कार्यकारी निर्देशक सञ्जय थापाद्वारा सहजीकरण गरिएको थियो। त्यसै गरी कर्णाली नदीमा दिगो माछा मार्ने विधिहरू,संरक्षण गर्ने विधिहरू तथा जलचर संरक्षण ऐन २०१७…
Read More

योग सेवा केन्द्र को उद्‌घाटन

सुनाफाँटा/ भजनीमा खैलाड योग सेवा केन्द्रको उद्घाटन गरिएको छ।पतंजली योग समिती भजनीका नगर अध्यक्ष टंक प्रसाद जोशीको सभापतित्वमा भएको कार्यक्रममा "खैलाड योग सेवा केन्द्र को उद्‌घाटन कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख केबल चौधरीले गर्नु भएको थियो।विशिष्ट वडा नं ४ का वडाअध्यक्ष- जन्ताराम चौधरी,पतंजली योग समिती प्रशिक्षण विभाग कैलालीका महामन्त्रि पूर्ण प्रसाद जोशी र अतिथिमा सिताराम चौधरी, लक्ष्मी राज जोशी, गजेन्द्र चौधरी र वीरेन्द्र भण्डारी लगाएतको सहभागिता रहेको थियो। अस्वस्थकर खानपान (जाँड रक्सी सेवन, चुरोट, खैनीको कुलत) निष्क्रिय जीवनशैली (शारीरिक व्यायामको कमी) जस्ता कारण दीर्घ र नसर्ने रोगको सामना गरिरहनु परेको छ । यो अवस्थामा सुधार ल्याएर सहरी स्वस्थ्य जीवनशैलीका लागि…
Read More

देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन

भजनी/देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीको निधन भएको छ। बोगटीको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा निधन भएको हो। कैलाली प्रहरीका अनुसार भदौ ३१ गते राति हायसले ठक्कर दिदा घाइते भएका उनको बिहिवार दिउसो निधन भएको छ। धनगढी उपमहानगरपालिका–६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हायसले उनलाई ठक्कर दिएको थियो। उनको टाउकोमा चोट लागेको थियो। ठक्कर दिने हायसका चालक प्रहरीको नियन्त्रणमा छन्। बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक (सई) पनि हुन्।
Read More
अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल पक्राउ

अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल पक्राउ

सात वटा मोटरसाइकल पक्राउ भजनी / कैलालीको टीकापुर क्षेत्रबाट भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल प्रहरीले पक्राउ गरेकाे छ । शसस्त्र प्रहरीकाे केन्द्रीय ब्युराेटाेलीले शनिबार राती करिब २ बजेकाे समयमा नेपाल भारत सिमा क्षेत्रमा पर्ने माेहना र कर्णाली नदीकाे दाेभानबाट पक्राउ गरेकाे हाे । शसस्त्र प्रहरी प्रस्तावित गुल्म खक्राैलाकाे प्रतिबेदन अनुसार ७ वटा माेटरसाईकल र कपडाकाे मूल्य १२ लाख ९८ हजार ३ सय बराबर रहेकाे सत्ति भन्सार कार्यालय खक्राैलाका सुब्बा सिताराम बुढाथाेकिले जानकारी दिएका छन । नेपाल भित्र्याउन लागेकाे कपडामा १३६ पिस सुट,२९ पिस पर्दा,७८ मिटर ब्लाउजकाे कपडा,४३ पिस साडी,१० पिस लाैलिया,लेहङ्गा कपडा ६० मिटर,मलमल…
Read More
एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना पाँचजनाको मृत्यु

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना पाँचजनाको मृत्यु

  नुवाकोट साउन २३ ।।    नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाँचजनाको शव भेटिएको पुष्टि गरे । नागरिक उड्ययन प्राधिकरणका अनुसार एयर डाइनेष्टीकोनाइन एन-एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाँदै थियो । डीएसपी भारतीकाअनुसार सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटनामा परेको हेलिकप्टर जलेपछि यात्रुको ज्यान गएको हो । एयर डाइनेस्टीको उक्त हेलिकप्टर जलिरहेको अवस्थामा भेटिए प्रहरी र स्थानीयबासीले आगो निभाउने कोसिस गरिरहेका छन् । त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १.५४ मा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन…
Read More
झापाको भिन्नाभिन्नै ठाउँबाट अवैध लत्ता कपडा बरामद

झापाको भिन्नाभिन्नै ठाउँबाट अवैध लत्ता कपडा बरामद

  बिर्तामोड साउन २३ ।। झापाको दुई भिन्न स्थानबाट सशस्त्र प्रहरीले आज अवैध कपडा बरामद गरेको छ । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चिया बगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको रू १२ लाख ५० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.२ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिनुभयो । बुद्धशान्ति–७ सुनमाई चिया बगानबाट नेपाल सुरक्षा बेस टिमाइबाट खटिएको मोबाइल टोलीले विशेष सूचनाको आधारमा आज राति ७ः१० बजे चिया बगानभित्र लुकाई छिपाई राखेको करिब रू १० लाख बराबरको बरामद गरेको हो । त्यस्तै, नेपाल…
Read More
काभा महिला भलिबल,भारतलाई हराउँदै नेपालको ऐतिहासिक जीत

काभा महिला भलिबल,भारतलाई हराउँदै नेपालको ऐतिहासिक जीत

 काठमाडौंमा जारी काभा महिला भलिबलमा लिगमा नेपाली महिला टोलीले  ऐतिहासिक जित हासिल गरेको छ।  भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई हराएको छ ।  नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो । आजको जीतसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको यसअघिका भेटमा नेपालले भारतलाई कडा चुनौती दिएपनि जित भने निकाल्न सकेको थिएन । सन् २०१९ मा नेपालमै भएको १३औ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको खेलमा नेपाल जित नजिक पुगेर पनि जितबाट वचित बनेको थियो । त्यही बेला नै नेपालले भारतबाट सेटमा जित निकालेको थियो । गत वर्ष काभा नेसन्स लिग र एसियन गेम्समा पनि भारतसँग नेपाल निरिह बनेको थियो…
Read More
कक्षा १२ को नतिजा:- ५२ प्रतिशत उत्तीर्ण

कक्षा १२ को नतिजा:- ५२ प्रतिशत उत्तीर्ण

काठमाडौं। साउन १८।।कक्षा १२मा यस पटक नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। आज सार्वजनिक भएको कक्षा १२ को नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्।  देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए।राष्ट्रिय परीक्षा बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्। गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ ।  नतिजा सार्वजनिक भएपनि अनलाइनमा अपलोड हुन चाहीँ केही समय लाग्ने बोर्डले जनाएको छ । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए ।…
Read More