Skip to main content

Bhajani Today

Posts Page

अतिक्रमणका कारण अस्तित्व गुमाएको पुरैना ताल पुनःस्थापनाको कार्य सुरु

अतिक्रमणका कारण अस्तित्व गुमाएको पुरैना ताल पुनःस्थापनाको कार्य सुरु

भजनी २२ जेष्ठ/कैलालीको भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल पुनःस्थापनाको कार्य थालिएको हो । डिभिजन वन कार्यालय पहलमानपुरले ताल पुनःस्थापनाको काम थालेको छ । विगतदेखिको लामो प्रयासपछि पुरैना ताल पुनःस्थापनाको काम थालेको डिभिजन प्रमुख रामचन्द्र कँडेलले बताए । “तालको सुरक्षणका लागि ठुलो बाँध निर्माणको काम भइरहेको छ”, उनले भने,“यस कार्यमा स्थानीय सरकारले पनि सहयोग गर्नुपर्छ ।” जैविक विविधताले निकै महत्त्वपूर्ण ताल २०७० सालदेखि अतिक्रमणको चपेटा परेको थियो । मानवीय हस्तक्षेपले ताल क्षेत्र खेतीयोग्य जमिनमा परिणत भएको छ । विगतमा विभिन्न प्रजातिका चरा रमाउने पुरैना सिमसार क्षेत्रमा हाल किसानले खेतीपाती गर्ने गरेका छन् । यस तालको पुनःस्थापना गरेर पहिलेकै अवस्थामा फर्काउने…
Read More
ईलाका प्रहरी कार्यालय जोशीपुरले ‘समुदाय- प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन

ईलाका प्रहरी कार्यालय जोशीपुरले ‘समुदाय- प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन

कैलालीको जोशीपुरमा शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ ईलाका प्रहरी कार्यालय जोशीपुरले शनिबारबाट जोशीपुर गाउँपालिका भल्मन्सा तथा बडघरमा ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको हो ।मुलुकमा हत्या, लागू औषध,बलात्कार लगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय जोशीपुरले सो कार्यक्रम सञ्चालन वरिष्ठ सई चंख बहादुर कठायतले बताउनु भयो ।अपराध रोकथाम, समुदायमा सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने कार्यक्रमको उद्देश्य रहेको ईलाका प्रहरी कार्यालय भजनीका प्रमुख युवन कुमार चौधरीले बताए
Read More
कैलालीको टीकापुरमा गोहीले बाख्रालाई खायो

कैलालीको टीकापुरमा गोहीले बाख्रालाई खायो

कैलालीको टीकापुरमा मगरगोहीले बाख्रालाई खाएको छ । कैलालीको पथरैया नदीमा रहेको मगर गोहीले स्थानीयको बाख्रा खाएको हो । गोहीले शनिबार दिउँसो नदीको तटबन्धमा चरी रहेको अवस्थामा टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोलका धीरेन्द्र प्रसाद ढुङ्गानाको बाख्रा खाएको उनले बताए। उनले भने, पथरैया नदी किनारमा चरिरहेको बाख्रालाई नदीबाट आएको गोहीले समाएर नदीमा लगेको हो । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले यसअघि पनि २०७५ सालतिर पथरैया र काडा नदीमा बाख्रा र खसीलाई गोहीले खाएको बताए। यो क्षेत्रमा मगर र घडीयाल गरी २ प्रकारका गोही पाइने गरेका छन् । मगर गोही आक्रामक हुनुका साथै जनावर सहित मान्छेलाई पनि खाने…
Read More
जनता मा. विद्यालय बैदीमा ट्राफिक सचेतना विषयक अन्तरक्रिया सम्पन्न

जनता मा. विद्यालय बैदीमा ट्राफिक सचेतना विषयक अन्तरक्रिया सम्पन्न

 कैलालीको टीकापुरमा समुदाय-प्रहरी साझेदारी, शान्तिपूर्ण सुरक्षित समाजका लागि” भन्ने मूल नाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। समुदाय-प्रहरी साझेदारी, शान्तिपूर्ण सुरक्षित समाजका लागि” भन्ने मूल नाराका साथ आज शुक्रबार  जनता राष्ट्रिय मा.वि. बैदीमा सामाजिक सञ्जालको प्रयोग र ट्राफिक सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमको आयोजना किवानिज क्लब अफ टीकापुरले गरेको हो भने सहजीकरण प्रहरी चौकी सत्ती र अस्थायी ट्राफिक प्रहरी पोस्ट, सत्तीले गरेका थिए। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षकहरु सहभागिता रहेको थियो। सहभागीहरूलाई सामाजिक सञ्जालको सुरक्षित र जिम्मेवार प्रयोग, तथा ट्राफिक नियमहरूका बारेमा जानकारी प्रदान गरिएको थियो।कार्यक्रमको सहजीकरण जनता मा.विद्यालयका शिक्षक भीम विक र अस्थाई ट्राफिक प्रहरी पोष्ट सत्ती…
Read More
प्रतिसोध साधेर चरित्रहत्या गरियो, दोषीलाई कारबाहीको माग गर्दै :  चौधरी

प्रतिसोध साधेर चरित्रहत्या गरियो, दोषीलाई कारबाहीको माग गर्दै : चौधरी

जोशीपुर / जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले आफूमाथि कालोमोसो छर्किनेहरूलाई कारबाही गर्न माग गरेका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष चौधरीले प्रतिसोध साधेर चरित्रहत्या गर्ने नियतले आफूमाथि दुर्व्यवहार गरिएको बताएका छन्। जेठ ११ गते कार्यालयको काम सकेर बेलुका करिब ५:५० बजे घर जाने क्रममा मैनपोखरी पुलनिर तपाईंसँग काम छ, भन्दै ८/१० जना कम्युनिष्ट युवा संगठन नेपाल बताउने अराजक युवाहरुबाट मेरो चरित्रहत्या गर्ने नियतले गरिएको दुर्व्यवहार र अपमानजनक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउन चाहान्छु। यस्ता गतिविधिहरु न केवल मेरो व्यक्तिगत मर्यादा र प्रतिष्ठामाथिको हमला हो यो सम्पूर्ण जोशीपुर गाउँपालिका र यहाँको जनताको अस्मिता माथि पनि आघात हो,’ अध्यक्ष चौधरीले…
Read More
कम्युनिस्ट युवा संगठनद्वारा जोशीपुर गाउँपालिका अध्यक्षमाथि कालोमोसो

कम्युनिस्ट युवा संगठनद्वारा जोशीपुर गाउँपालिका अध्यक्षमाथि कालोमोसो

जोशीपुर। कैलालीको जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीविरुद्ध कम्युनिस्ट युवा संगठन नेपाल (बहुमत)ले जनकारबाहीको भन्दै कालोमोसो दलेको छ । संगठनले चौधरीलाई विभिन्न भ्रष्टाचारको दोषी ठहर गर्दै यस्तो कदम चालेको हो। संगठनका अनुसार, अध्यक्ष चौधरीले सार्वजनिक पदको दुरुपयोग गर्दै गाउँपालिकाको स्रोत, साधन र बजेटमा स्वार्थप्रेरित कार्य गर्दै आएको। स्वास्थ्य सामग्री खरिददेखि निर्माण कार्यको ठेक्कासम्ममा कमिसनको चलखेल, विपद् व्यवस्थापनको सामान पार्टी कार्यकर्तालाई मात्र वितरण, सेवाग्राहीसँग दुर्व्यवहार र ठेकेदारहरूमाथि धम्कीपूर्ण व्यवहार गरिएको संगठनले आरोप लगाएको छ। त्यस्तै सार्वजनिक स्थानमा मदिरा सेवन, शिक्षक दरबन्दीमा आर्थिक लेनदेनजस्ता गम्भीर गतिविधिहरूमा संलग्न रहेको आरोप पनि लगाइएको छ। यस्ता कार्यहरूले जनताप्रतिको जिम्मेवारी भन्दा पनि व्यक्तिगत स्वार्थ र राजनीतिक…
Read More
अखिल नेपाल खेलकुद महासंघको भजनी नगर समिति गठन, अध्यक्षमा लामा निर्वाचित

अखिल नेपाल खेलकुद महासंघको भजनी नगर समिति गठन, अध्यक्षमा लामा निर्वाचित

भजनी ११जेठ/भजनीमा अखिल नेपाल खेलकुद महासंघ नगर समिति गठन गरिएको छ ।  आईतबार भएको एक भेलाको आयोजना गरि रञ्जित लामाको अध्यक्षतामा १५ सदस्य समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा राजन विक , सचिव मुकेश चन्द, कोषाध्यक्ष राहुल विक सह सचिव प्रेम जैशी, चयन भएका छन्। साथै १५ सदस्यीय पहिलाे नगर भेला सम्पन्न भएको छ ।अखिल नेपाल खेलकुद महासंघ भजनी नगर समिति गठन गरेको नेकपा माओवादी केन्द्रका  भजनी नगर कमिटी अध्यक्ष जगत विकले जानकारी दिए। नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व कृषि मन्त्री विनिता चाैधरी, जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रदेश संयाेजक तथा केन्द्रीय सचिव ललित खत्रि, प्रदेश समिति…
Read More
सुत्केरीको उद्दार गर्ने प्रहरी जवान पुरस्कृत

सुत्केरीको उद्दार गर्ने प्रहरी जवान पुरस्कृत

भजनी, जेठ ७/कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा सडकमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसुती गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेमा हुन् । सम्मान कार्यक्रममा बोल्दै एसपी राणाले आफू हरेक प्रहरी सम्मान होस् भन्ने चाहेको बताए । ‘हरेक प्रहरीले आफ्‌नो कार्यक्षेत्रमा यसरी नै पुरस्कृत भएको हेर्न चाहन्छु’ एसपी राणाले भने ‘प्रहरीको व्यवहार र आचरणले सेवाग्राहीको मन जित्न सकिन्छ भन्ने उदाहरण हो ।’ राणाले…
Read More
सशस्त्र प्रहरीको थप एक बिओपी स्थापना

सशस्त्र प्रहरीको थप एक बिओपी स्थापना

भजनी, जेठ ७/कैलालीमा सशस्त्र प्रहरीले थप एक बर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित नल्काघाट बेसलाई स्तरोन्नती गर्दै बिओपी स्थापना गरिएको हो । आज एक कार्यक्रमका बिच सशस्त्र प्रहरी बल नम्बर ७ बैद्यनाथ बाहिनिका प्रमुख प्रदिप कुमार पालले बिओपीको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले सिमा सुरक्षा सगैं चोरी तस्करी तथा अपराध नियन्त्रणका लागी यस बिओपीले थप सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । सशस्त्र प्रहरी बल सबिंधानले दिएका अधिकार पूर्ण रुपमा कार्यान्वयन गरिरहेको उनले बताए । जनताले बिश्वास गरेझैँ सशस्त्र प्रहरीले आफ्ना गतिबिधिहरुलाई थप परिस्कृत गर्दै गएको पालले बताए । सिमामा हुने…
Read More
सडकमै सुत्केरी व्यथा लागेर छटपटाइरहेकी महिलाको उद्धार महिला प्रहरीद्धारा

सडकमै सुत्केरी व्यथा लागेर छटपटाइरहेकी महिलाको उद्धार महिला प्रहरीद्धारा

भजनी,जेठ ६। सुत्केरी व्‍यथाले छट्पटिएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ। कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा सुत्केरी व्‍यथाले छट्पटिएकी महिलालाई प्रहरीले उद्धार गरेको हो। प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै बच्चा जन्माएकी हुन् । प्रहरी जवान देउवा खैराना प्रहरी चौकीमा कार्यरत छिन्।एक महिलाले अस्वभाविक व्यवहार देखाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि देउवा घटनास्थल चैतन्यपुर पुगेकी थिइन् ।प्रहरी जवान देउवाले भनिन्, ‘स्थानीय नजिक गएर सोधखोज नगरेका ती महिला भने सुत्केरी व्‍यथाले छट्पटाएकी रहिछिन्। कोही नजिक जान पनि नमान्ने, छुन पनि नमान्ने रहेछन् ।’ उनी घटनास्थल पुगेर ती महिलालाई उद्धार गरेर अस्पताल लैजाने तयारीमा थिइन्।…
Read More
विवादका बीचबाट रामेश्वर बने वन मन्त्री

विवादका बीचबाट रामेश्वर बने वन मन्त्री

भजनी ०५ जेठ /आन्तरिक विवादका बाबजुद नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार चौधरीलाई मन्त्री नियुक्त गरेका हुन् । पूर्व भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रहेका चौधरीले सरकार फेरिएपछि पदबाट बाहिर भएका थिए । विवादित अडियोका कारण उन्मुक्ति पार्टीबाट मन्त्री बनेका लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि नागरिक उन्मुक्ति पार्टीको मन्त्रीको एक कोटा खाली थियो । त्यहीँ मन्त्रीको कोटाको लागि पुनः एकपटक नागरिक उन्मुक्ति पार्टी भित्रको आन्तरिक कलह छरपस्ट हुने गरी बाहिर आएएको छ । पार्टीको संसदीय दलको बैठकले मन्त्रीको नाम केन्द्रिय तहबाट सिफारिस गर्न लगाउने…
Read More
शिखर काफली सेवा समाज नेपालको दोश्रो साधारण सभा धनगढीमा सम्पन्न

शिखर काफली सेवा समाज नेपालको दोश्रो साधारण सभा धनगढीमा सम्पन्न

भजनी ५ जेठ /साधारण सभाको एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथी एंव सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका ले गर्नुभएको थियो । दोश्रो साधारण सभाले समाजसेवी छत्र बहादुर महराको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा राम बहादुर जोरा,सचिवमा राजेन्द्र रैका,सहसचिवमा नवराज ओझा र कोषाध्यक्षामा सरस्वती खड्का साउँद रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशःश्यामराज जोशी,जयराज ओझा,पदम वहादुर जोरा,चेतराज फूलारा,दिल वहादुर महरा र राजेश महरा निर्वाचित हुनुभएको छ । साधरणसभाले शिखर काफली समाज नेपालका निवर्तमान अध्यक्ष विष्णु बहादुर महरा को संयोजकत्वमा १५ सदस्य सल्लाहकार समिती निर्वाचित गरेको छ । समितीको सदस्यहरुमा क्रमशःपुष्पराज जोशी,मदन…
Read More
उच्च रक्तचाप सम्बन्धि अन्तरकृया

उच्च रक्तचाप सम्बन्धि अन्तरकृया

कैलालीको धनगढीमा रहेकाे शैलेश्वरि फार्वेष्ट स्कुलका स्वास्थ्य मेडिकल HA thaed year भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा ओजेटी गर्दै आएका विद्यार्थीहरुले १ दिने उच्च रक्तचाप सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।हाल बर्तमान अवस्था धेरैभन्दा धेरै मानिसहरूमा उक्त रक्तचापकाे समस्यामा छन् र यसबाट बच्न के कस्ता उपाय र विधिहरु राेकथाम उपचार विधिकाे विषयवस्तुमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो।भजनी वडा नं१ का नागरीक हरुलाई परामर्श गरिएको थियो। उक्त कार्यक्रम शैलेश्वरि फार्वेष्ट स्कुलका विद्यार्थीहरुले समाजमा सचेतना जगाउन घरघरमा गई परामर्श गरेर एक दिने उच्च रक्तचाप सम्बन्धि सचेतन जगाउने कार्य रहेको माधव कुँवरले बताए। समाजमा मान्छेकाे साेच विकासमा सचेतना नभएकाले यस राेगकाे उच्च जाेखीममा रहेकाे…
Read More
सुदूरपश्चिममा स्थानीय तहका कर्मचारी आन्दोलित

सुदूरपश्चिममा स्थानीय तहका कर्मचारी आन्दोलित

धनगढी, बैशाख २८/सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारी फेरि आन्दोलनमा उत्रिएका छन् । स्थानीय सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै प्रदेशभरका स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन । यसअघि पनि उनीहरुले सोही ऐन विधायन तथा प्रदेश मामिला समितिले पठाएको प्रतिवेदनअनुसार हुबहु पास गर्नुपर्ने भन्दै दुई सातासम्म आन्दोलन गरेका थिए । माग पूरा नभएपछि फेरि आन्दोलनमा उत्रिनुपरेको स्थानीय सेवा कर्मचारी प्रदेश संघर्ष समितिका संयोजक झलक दौल्यालले जानकारी दिए । आन्दोलनका कार्यक्रमअन्तर्गत स्थानीय तहमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिन सुरु गरिएको छ । संघर्ष समितिका उपसंयोजक समेत रहेका नेपाल निजामती कर्मचारी युनियनका प्रदेश प्रतिनिधि गम्भीर साउदले अन्य छ…
Read More
कैलालीबाट करिब १८ लाख अवैध रकम सहित दुई पक्राउ 

कैलालीबाट करिब १८ लाख अवैध रकम सहित दुई पक्राउ 

कैलालीबाट करिब १८ लाख अवैध रकम सहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नं.१ ब्लक नंबर १४ बस्ने अर्मन चौधरी रहेका छन । चौधरीको साथबाट ५,३१,४००।- रुपैयाँ (पाँच लाख एकतिस हजार चार सय रुपैयाँ ) बरामद गरिएको छ । प्रहरीका अनुसार “अर्मन चौधरीले संचालन गरेको अर्मन धागा एण्ड टेलरिङ सप्लायर्स नामक पसलमा श्रोत नखुलेको अवैध भारतीय रुपैयाँ लुकाई छिपाई गरी राखिएको छ ” भन्ने विशेष सुचनाको आधारमा चौधरीलाई पसलको अघि बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । चौधरीलाई आवश्‍यक कारवाहीको लागी राजश्‍व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको छ ।यस्तै,कैलाली कै भजनी नगरपालिका–५ गुलरीयाघाटबाट भारतको लखिमपुर…
Read More