Skip to main content

Bhajani Today

कैलालीका सहायक नदीहरूमा देखिन् थाले डल्फिन

भजनी / बर्षात् शुरुभए संगै कैलालीको भजनीको ३,८ र टीकापुरको ७का सहायक नदीहरूमा दुर्लभ डल्फिन देखापर्न थालेका छन्।मोहना, पथरैया लगायतका नदीमा डल्फिन देखापर्न थालेका हुन् ।
      विज्ञापन पालिकाद्धारा जनहितमा जारी संदेश
मनसुन भित्रीएसंगै नदीहरूमा पानीको सतह बढेको छ। नदीमा जलस्तर बढेपछि केहिदिन यता देखि डल्फिन देखापर्न थालेको डल्फिन DABC नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए।उनका अनुसार डल्फिन संरक्षण क्षेत्रमा एक बच्चा समेत गरेर चार वटा डल्फिन देखापरिरहेका छन्।
यो क्षेत्रमा मनसुन अवधिभरी मात्र डल्फिन आउने गर्दछन् । अरु, बेला गहिराई खोज्दै कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा फर्कने गर्दछन्।कर्णालीमा वर्षभरी नै डल्फिन बस्ने गर्दछन्।नदीमा जल सतह बढेपछि कर्णालीबाट सहायक नदीहरूमा डल्फिन आउने गरेको ढुङ्गानाको भनाइ छ।
उनले गतवर्ष असार पहिलो साता डल्फिन आएको स्मरण गराउदै थपे, “यो वर्ष केही समय ढिलो गरि पानी परेकाले केही ढिलो गरेर डल्फिन आएका छन्।”सिजन सुरु भएपछि डल्फिन अवलोकनका लागि बर्सेनि स्वदेशी तथा विदेशी पर्यटक कैलाली पुग्ने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले डल्फिनलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । यस क्षेत्रमा डल्फिन संरक्षणका लागि स्थानियले बिविध सचेतनामुलक कार्यक्रम गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *