कैलालीको भजनीमा रहेको प्रहरी चौकी भजनी वडा नं ८ जनकपुरमा ईन्चार्ज भएर ८ महिना काम गरेका प्रहरी सहायक निरिक्षक दिल बहादुर बोगटीलाई एक कार्यक्रम गरि भजनी नगरपालिकाका उप प्रमुख राजु तिरुवाले विदाई गर्नु भएको थियो।
८ महिनाको समयमा बोगटीले शान्ति सुरक्षाको क्षेत्रमा अत्यन्तै राम्रो कार्य गरेको भन्दै उप प्रमुख तिरुवाले असई बोगटीलाई धन्यवाद दिइन् । समाजमा शान्ति कायम गर्न प्रहरीको भुमिका अत्यन्तै ठुलो रहने र सो काममा असई बोगटीले पुर्याएको योगदानलाई उप प्रमुखले मुक्तकण्ठले प्रसंसा गरिने।वडा नं ८ का वडा अध्यक्ष पंकज चौधरीले एक होनाहार प्रहरीलाई प्रहरी चौकी भजनी वडा नं ८ जनकपुरवाट विदाई गर्नुपरेको र चाडै वढुवा भएर पूनः आउनका लागि शुभकामना दिए ।
८महिना प्रहरी चौकीमा प्रमुख भएर काम गर्दा कुनै विवादमा नआएका असई बोगटीले हाल वडा प्रहरी कार्यलय धनगढीमा सरुवा भएका छन् ।विदाई कार्यक्रममा भजनी वडा नं ८ नगरपालिकाका वडा सदस्य लल्टु चौधरी,जाल्पा ग्रामीण विद्युत सहकारी संस्था लि का अध्यक्ष तुलाराम काफ्ले,समाजसेवी केशव शाह, कृष्ण लाल धमाला,विनायक शाह र लाल प्रसाद आचार्य लगाएतले विदाई गरेका थिए ।
यसै गरी ईलाका प्रहरी कार्यलय भजनीका प्रमुख प्रहरी निरिक्षक युवन चौधरीले खादा तथा टिका लगाएर विदाई गरेका हुन् । प्रहरी चौकीमा रहदा बोगटीले खटिएको र दिएको जिम्मेवारीलाई वफादार र इमान्दारका साथ पालना गरिएको भनी नगद रुपैयाँ सहित पुरस्कृत गरिएको थियो।
असई बोगटीलाई अवको नयाँ कार्यकाल अझै राम्रो होस भन्दै चाडैनै वढुवा होस भनि शुभकामना पनि दिए
प्रहरी सहायक निरिक्षक बोगटीलाई भव्य बिदाई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
3
+1
+1
+1
+1
+1