Skip to main content

Bhajani Today

पूर्ण खोप सुनिश्चित पालिका घोषणा

कैलालीको भजनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ।

भजनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। भजनी नगरपालिकाको नौ वटै वडामा रहेका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरेर खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका अध्यक्ष टीका चौधरी भुलले पूर्ण खोप सुनिश्चितता एवम् दिगोपना घोषणा गर्नुभयो।

पूर्ण खोप सुनिश्चितताको अवस्था ल्याउन महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्यकर्मी र सरोकारवाला निकाय अहोरात्र खटेको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनुभयो।

स्वास्थ्यकर्मीको अथक प्रयासले पूर्ण खोप सुनिश्चित पालिका बनाउन सफल भएको समितिका संयोजक एवम् नगर प्रमुख केवल चाैधरीले बताउनुभयो। उहाँले अझै जुझारु र संवेदनशील भएर काम गर्न स्वास्थकर्मीलाई निर्देशनसमेत दिनुभएको छ। कार्यक्रममा उपप्रमुख राजु तिरूवा, कार्यपालिका सदस्य मिना चाैधरी,जिल्ला स्वास्थ्य कार्यालय नि .प्रमुख तेज बिक्रम शाही ,स्वास्थ्यकर्मी लक्ष्मी प्रसाद जोशी र महिला स्वास्थ्य स्वयंसेविका प्रदेश संयोजक शान्ति लामा लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो।पूर्ण खोप सुनिश्चित कार्यक्रम सञ्चालिका स्वास्थ्य शाखा कर्मचारी लक्ष्मी चौधरीले गर्नु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *