साझा अक्षर

भजनीको बजेट ६८ करोड

के.आर.पाण्डेय -भजनी१० असार/

भजनी नगरपालिकाले आउने आर्थिक वर्षका लागि ६८ करोड बढीको बजेट ल्याएको छ ।

नगरपालिकाकी नगर उपप्रमुख राजु तिरुवाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६८ करोड ४३ लाख ६५ हजार तीन सय ४१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन । नगरपालिकाको १८ औं नगर सभा अधिवेशनको तेस्रो बैठकमा प्रस्तुत भएको बजेटमा संघीय सरकारको वित्तीय समानीकरणबाट १४ करोड १३ लाख, सशर्त अनुदान चालू तर्फबाट २३ करोड १८ लाख, सशर्त अनुदान पुँजीगत तर्फबाट एक करोड १० लाख, संघीय सरकारकै पुँजीगत तर्फको समपुरक अनुदानबाट ६७ लाख, संघीय सरकारको राजश्व बाँडफाँडबाट १२ करोड ४५ लाख १४ हजार तीन सय एकचालीस रुपैयाँ अनुमानित आय तर्फ उल्लेख गरिएको छ ।

त्यसैगरी प्रदेश सरकारको वित्तीय समानिकरणबाट एक करोड ३४ लाख ८७ हजार, सशर्त अनुदान ४० लाख, विशेष अनुदान ८५ लाख, समपुरक अनुदान एक करोड ३५ लाख, प्रदेशको राजश्व बाँडफाँडबाट ४२ लाख ३४ हजारको अनुमान गरिएको छ । नगरपालिकाले आन्तरिक आय घरजग्गा रजिस्ट्रेशन शुल्कबाट ७२ लाख ५० हजार, आन्तरिक आयतर्फबाट तीन करोडको लक्ष्य राखेको छ ।

उता, चालू आर्थिक वर्षको अल्या रकम ६ करोड ३५ लाख अनुमानित गरेको छ भने बेरुजु असुलीबाट दुई करोड उठाउने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *