कैलालीको भजनीमा नगर शिक्षा समिती गठन भएको छ । भजनी नगरपालिका नगरप्रमुख केवल चौधरीको संयोजकत्वमा १३सदस्यीय नगर स्तरीय शिक्षा समिती गठन गरेको हो ।समितीको सदस्यमा नगर उप प्रमुख राजु तिरुवा,भजनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपाने , वडा नं १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडा नं ५ का वडा अध्यक्ष केशव बुढा रहेका छन् ।
त्यसैगरि संस्थागत प्रतिनिधित्व गर्दै सदस्यमा हैरानी देवी डगौरा, कृष्ण बहादुर बुढा, सत्वन्ति चौधरी,खडक बुढा,भीम बहादुर चौधरी, मनिराम चौधरी र राम दयालु चौधरी रहेका छन् ।
यस समितिले महत्वपूर्ण भूमिका खेल्ने भजनी नगरपालिका शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले बताए ।उनले विद्यालय सुरक्षा शैक्षिक गुनस्तरिय सुधार शिक्षा सम्बन्धी कार्यहरू गर्ने उद्देश्यले शिक्षा समिती गठन गरिएको जानकारी दिए ।यस्तै भजनी नगरपालिका नगरप्रमुख केवल चौधरीले स्थानीय तह शिक्षा समिती गठनका लागि गठन मात्रै नहोस भन्दै विद्यालय तहमा गएर राम्रो काम गर्न आग्रह गर्नु भएको छ।