कैलालीको भजनीमा दिगो विकास समाज भजनीको आयोजनामा तथा वल्र्ड भिजन नेशनल नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा NYCA बैतडीको सहकार्यमा जलवायु जनचेतना मुलक कार्यक्रम राष्ट्रिय मा.विद्यालय भजनी ४ खैलाडमा सम्पन्न भएको छ।
वातावरणीय प्रदूषण, वन विनाश, औद्योगिक उत्सर्जन, प्लास्टिकजन्य फोहोरको बढ्दो प्रयोग, र अत्यधिक कार्बन उत्सर्जन जलवायु परिवर्तनका मुख्य कारण रहेको प्रशिक्षक राम चन्द भट्टले बताए ।वृक्षारोपण, सफाइ अभियान, र जनचेतना कार्यक्रमहरूले वातावरण जोगाउन महत्वपूर्ण भूमिका रहेको वल्र्ड भिजन नेशनल नेपालका सौगात शर्मा न्यौपाने बताएका छन्।
समाधानका उपायहरूका रूपमा वृक्षारोपण तथा वन संरक्षण अभियानलाई प्रवद्र्धन गर्ने, प्लास्टिकजन्य फोहोर न्यूनीकरण गर्दै पुनः प्रयोग तथा रिसाइकल प्रविधि अपनाउने, सार्वजनिक स्थान तथा खोलानालाहरू सफा राख्न सामुदायिक स्तरमा पहल गर्ने, जैविक इन्धन तथा नवीकरणीय ऊर्जा स्रोतहरूलाई प्रवद्र्धन गर्ने र जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्दै स्थानीय समुदायलाई समाधानमुखी कार्यमा संलग्न गराउने सुझावहरू प्रस्तुत गरिएको थियो।
यस अन्तरक्रिया कार्यक्रमले स्थानीय समुदायलाई जलवायु जनचेतना सम्बन्धी जानकारी प्रदान गर्नुका साथै यसको असर न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्ने अवसर दिएको आयोजक दिगो विकास समाज भजनीका पोषण तथा उत्थानशील जीविका पार्जन परियोजना अधिकृत विनोद शाहले बताउनु भयो।साथै जलवायु जनचेतनामुलक नाटक प्रदर्शन गरिएको थियो
जलवायु परिवर्तन सम्बन्धी जनचेतना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
+1
+1
+1
+1