भजनी /कैलालीमा मंगलबार रातभर अविरल वर्षा भएको छ। मंगलबार साँझदेखि सुरु भएको वर्षा बुधवार बिहानसम्म पनि जारी रहेको छ।वर्षाका कारण विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ भने ठाउँ–ठाउँमा बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ।कैलालीमा भएको भारी वर्षाका कारण मोहना र यसका सहायक नदीहरुमा पानीको बहाव बढेको छ । निरन्तर भइरहेको वर्षाका कारण बाढी आइ नदीहरुमा पानीको बहाव सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । नदीहरुमा पानीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रमा डुबान भइरहने होचा भूभागमा रहेको बस्तीमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । जिल्लाको अधिकांश स्थानमा पछिल्लो छ घण्टामा भारी…
टीकापुर ४ भदौ टिकापुर ९ खक्राैला स्थित हुलाकी सडकमा इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएका सादा पोशाकमा रहेका प्रहरीले नागरिकलाई अनावश्यक हैरानी गरेको बताइएको छ ।सशस्त्र प्रहरी खक्राैला गुल्म , कालाकुन्टा प्रहरी चौकीको चेक पोस्ट र खक्राैला भन्सार अगाडि सर्वसाधारण र व्यापारीलाई चेकजाँच गरेर पठाउँदा पनि भन्सार कार्यालय भन्दा करिब ८ सय मिटर माथि बालुवाटारमा चेक गर्ने बहानामा हैरानी दिने गरेको स्थानीयले बताएका छन्।
भजनी २०८१ भदौ ३ कैलाली जिल्लाको गोदावरी नगरपालिकामा रहेका स्वालम्बन महिला समुहमा आबद्ध महिलाहरुलाई अभिभावकिय भुमिका जिम्मेवारी र सकारात्मक अभिभावकत्वमा अभिमुखिकरण कार्यक्रम गरियको छ ।KNH Germany र बिकाशका लागि युवा एक्यवद्धता (YARD) धनगढिको साझेदारिमा सञ्चालित "बाल संरक्षणका लागि महिला शसक्तिकरण परियोजना" अन्तरगत गोदावरि नगरपालिका वडा न १,४, ७ र १० मा रहेका ३२ वटा स्वालम्वन महिला समुहका करिब २४० जना महिलाहरुलाई अभिमुखिकरण गरिएको हो । बालबालिका को गुणस्तरीय शिक्षामा सुधार ल्याउनका लागि अभिभाबकहरुको सकारात्मक जिम्मेवारी बोध गराउने उदेश्यले कार्यक्रम गरिएको परियोजना अधिकृत सरस्वती बुढाथोकिले जानकारि दिनुभयो । कार्यक्रममा बालबालिकाको बिकाश र साक्षरता, बालबालिकाका लागि स्थानीय सामाग्री , बालबालिका संगै पढाइ…
परमानन्द पाण्डे, टीकापुर ०२ भदौ /भजनी नगरपालिकाले पालिकाको लेखा प्रणाली बन्द हुन तीन दिन मात्रै बाँकी रहँदा ६८ लाख रुपैयाँ मनोमानी रकमान्तर गरेको पाइएको छ ।आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजित बजेटको भैपरी आउने चालु खर्च शीर्षकबाट २०८१ असार २१ गते ६८ लाख रुपैयाँ मनोमानी रकमान्तर गरेको पाइएको हो । नगरपालिकाका नगर प्रमुख केबल चौधरीको हस्ताक्षर तथा प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेले २०८१ असार २१ गते प्रमाणित गरेको निर्णयमा विभिन्न शीर्षकमा ६८ लाख रुपैयाँ रकमान्तर गरिएको छ । उक्त रकम मध्ये अधिकांश रकम भत्ता, सवारी साधन मर्मत, नगर सभा सञ्चालन, सञ्चार महशुल, इन्धन तथा पदाधिकारीको भ्रमणमा जस्ता सुविधाका लागि रकमान्तर…
भजनी २०८१ भदौ २ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि…
सत्ति १ भदौ २०८१ टीकापुर नगरपालिका ७ सुर्जिपुरमा कुरैशी फ्रेस हाउस संचालनमा आएको छ । खुलेकाे कुरैसि फ्रेस हाउसमा स्वच्छ, स्वस्थ र सुपथ मुल्यमा मासु बिक्री गरिने छ । पसलमा हरेक दिन खसी कुखुराको मासु पाउनुका साथै अडर अनुसार होम डेलिभरीको पनि व्यवस्था गरिएको छ।पसलले स्थानिय स्थरमा उत्पादन भएका खसी, बोका र कुखुरा बेच्नुपरेमा पनि खरिद गर्ने सञ्चालक नरेन्द्र ढुङ्गानाले बताउनु भयो ।
भजनी ३२ साउन२०८१ टिकापुर नगरपालिका-६ नारायणपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।घरमा भएको नल्कामा जाेडेकाे पानी माेटरमा करेन्ट लागेर गम्भीर घाइते भएकि नारायणपुर ६ घर भएकि ६५ वर्षीय राजुदेवि बुढाथोकीको शुक्रबार दिउँसो ११:३० बजे मृत्यु भएको सत्ति प्रहरीले बताएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।