Skip to main content

Bhajani Today

स्थानीय उत्पादनको बजारीकरणका लागि चर्रा हाट बजार सञ्चालन हुँदै

कैलालीको भजनी नगरपालिका वडा नं ७ चर्राको आयोजना तथा दिगो विकास समाज भजनी र वर्ल्ड भिजन नेश्वनल नेपालको सहकार्यमा स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनका लागि भजनी -७ चर्रामा हाट बजार सञ्चालन गरिने भएको छ। स्थानीय उत्पादनलाई सहज रुपमा बजार सम्म पुर्याउने र गाँउ गाँउको उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हाट बजार सञ्चालनमा ल्याउने उद्देश्य रहेको पोषण तथा उत्थानशील जीविका पार्जन परियोजना अधिकृत विनोद कुमार शाहले बताउनु भएको छ।

भजनी नगरपालिका -७ चर्रामा साताको दुई बार हाट बजार सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। हाट बजारका लागि दिगो विकास समाज भजनी र वर्ल्ड भिजन नेश्वनल नेपालले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।हाटबजारले किसानहरुका कृषि उत्पादनको बजारीकरणमा सघाउ पु¥याउने भन्दै यसको निरन्तरताका लागि वडा अध्यक्ष अमर बहादुर कठरियाले सहयोग गर्ने बताउनु भयो ।

‘गाँउगाउँमा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई संकलन केन्द्रमार्फत हाटबजारमा विक्रि वितरण गरिनेछ ।उक्त चर्रा हाट बजारको व्यवस्थापनको अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा ११सदस्यीय  समिति गठन गरिएको छ।कार्यक्रम सञ्चालक वडा सचिव जय प्रसाद ढुङ्गानाले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *