साझा अक्षर

व्यवसाय शुरुवात तथा सुधार सम्बन्धी पुन तार्जकी तालिम २ दिने सम्पन्न 

कैलालीको भजनीमा व्यवसाय शुरुवात तथा सुधार सम्बन्धी पुन: तार्जकीकार्यक्रम अन्तर्गत २ दिने तालिम सम्पन्न गरिएको छ ।कार्यक्रमको आयोजना दिगो विकास समाज भजनी कैलालीको तथा वर्ल्ड भिजन नेश्वनल नेपालको साझेदारीमा सञ्चालन गरिएको थियो।लक्षित समुहका व्यक्तिहरुलाई लाभदायक र दिगो व्यवसाय शुरु र सुधार गर्न उत्प्रेरित गराउने उद्देश्यले तालिमको आयोजना गरिएको पोषण तथा उत्थानशील जीविका पार्जन परियोजनाका अधिकृत विनोद शाहले बताउनु भयो। तालिममा भजनी नगरपालिका वडा नं १,२,३,५र ७ व्यवसाय शुरुवात तथा सुधार सम्बन्धी पुन: तार्जकीमा २४जानको सहभागिता रहेको थियो।

खासगरि दुई दिने तालिममा व्यवसायको परिचय, अवधारणा, सफल उद्योगीका विशेषताहरु, व्यवसाय अवसरको पहिचान, छनोट प्रक्रिया, बजार योजना, बजार र बजारीकरण, वस्तु तथा सेवा उत्पादन योजना लगायत विषयमा स्पष्ट पारेका थिए । त्यस्तै उत्पादन योजना, खर्च योजना, योजनको कोचिङ् कसरि गर्ने, व्यवसयामा महिलाको आवश्यक किन छ, फाईदा के के छन् विविध विषयमा अन्तरक्रियात्मक क्रियाकलाप गर्दै प्रशिक्षण गराईएको थियो । दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका वडा नं १का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ रहनु भएको थियो।कार्यक्रममा दिगो विकास समाज भजनीका कर्मचारी,व्यवसयकर्मी र सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो।तालिमको प्रशिक्षक उद्यम विकास सहजकर्ता सुस्मिता चौधरीले गर्नु भएको तालिमको सहजीकरण प्रेम राज पाण्डेय र प्रेमा विकले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *