कैलालीको भजनीमा वर्ल्ड भिजन नेशनल नेपाल र लुथुरुन फेडरेशनको साझेदारीमा संस्थाको वार्षिक साधारण सभामा”उपेक्षित जनविकासका लागि उपेक्षित द्वारा नै पहल गरौं” भन्ने नाराका साथ दिगो विकास समाज भजनीको १८औँ साधारण सभामा सम्पन्न भएको थियो। संस्थाका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख केवल चौधरी, विशिष्ट अतिथि वडा नं १का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वर्ल्ड भिजन नेशनल नेपालका मंगल शाह र महुन्याल बहुमुखी क्याम्पस भजनीका व्यवस्थापक अध्यक्ष टंक प्रसाद जोशी रहनु भएको थियो। कार्यक्रममा दिगो विकास समाज द्वारा संचालित संघ संस्था,शिक्षक, कर्चमरी र सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो।
दिगो विकास समाज भजनीले समुदायमा उल्लेखनिय कार्य गर्ने संस्था हो र गर्दै पनि आईरहेको छ। संस्थाले गरेको कार्यको आलोचना गर्ने कुनै पनि ठाउँ नै छैन । समाजलाई सकारात्मक परिवर्तन गर्नलाई समूह निर्माण गरी काम कार्य गरेकोमा धन्यवाद समेत दिए पालिका स्तरमा जनचेतनामुलक कार्यक्रम गर्दै र पैरवीको समाजमा कृषिको क्षेत्रमा धेरै सहानिय कार्य गर्दै आई रहेको नगर प्रमुख चौधरीले बताउनु भएको छ। दिया और बाती सहकारीका अध्यक्ष, सृजनशिल अपांग समाजका अध्यक्ष जगत चौधरी, जनता सामुदायिक पुस्ताकालयका अध्यक्ष,महुन्यल बहुमुखि क्याम्पसका अध्यक्ष, दिगो विकास समाजका संस्थापक अध्यक्ष गोमा देवी ढुंगाना, दिगो विकास समाज भजनीका कानूनी सल्लाहकार र वर्ल्ड भिजन ईन्टरनेश्नल नेपालका मंगल शाह लगाएतले शुभकामना मन्तव्य राखेका थिए।
भजनी नगरपालिका,टिकापुर नगरपालिका,घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका र कैलारी गाउँपालिका संस्थाको आठ वटा पालिकामा परियोजनाको कार्यक्षेत्र विस्तार गरेको छ। संस्थाले काम गर्ने लक्षित वर्गहरु कुषोषित बालबालिकाहरु,गर्भवती तथा स्तनपान गराउने महिला,अति विपन्न घर परिवार,दर्ता गरीएका वालवालिकाहरुका परीवार, किसान तथा उत्पादन समुहहरु,बजार पात्रहरु,कोभिड प्रभावित घरधुरी,अपांगता भएका व्यक्ति,बिद्यालय बालबालिकाहरु र सहकारी काम गर्दै आएको छ।
वर्ल्ड भिजन नेशनल नेपाल र लुथुरुन फेडरेशनको साझेदारीमा सञ्चालन रहेको छ वटा परियोजनाहरुNRL ,PIPER,LICED,POWER,BPP र GENDER परियोजना सन्चालन रहेको पोषण तथा उत्थानशील जीविका पार्जन परियोजना अधिकृत विनोद शाहले बताउनु भयो।संस्थाको आर्थिक वर्ष २०८०/२०८१को आय व्याय ४करोड ३५लाख ३३हजार ७सय बराबरको दिगो विकास समाजकी लेखा अधिकृत रिता चौधरीले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। संस्थाको वार्षिक प्रगति प्रतिवेदन दिगो विकास समाजकार्यकारी निर्देशक लक्ष्मी दत्त भट्टले प्रस्तुत गर्नु भएको थियो।दिगो विकास समाज भजनीले संस्थापक अध्यक्ष गोमा देवी ढुंगाना लगाएत संस्थापक सदस्य गरी ११जनालाई र दिगो विकास समाजमा १०वर्ष भन्दा बढी कार्यरत कार्यसमिति र कर्मचारीलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य दिगो विकास समाज भजनीकी उपाध्यक्ष गीता चौधरीले गरेको कार्यक्रमको सञ्चालक संस्थाकी सचिव आशा चौधरीले गर्नु भएको थियो