Skip to main content

Bhajani Today

नविल बैंकद्वारा कर्णाली माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो लुगाको वितरण

दीपक संगम विश्वकर्मा पुस २५ टीकापुर /नविल बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कैलाली जिल्लाको टीकापुरस्थित कर्णाली माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई जाडोका लागि न्यानो लुगा वितरण गरेको छ।

बैंकले जाडोयाममा आर्थिक समस्याका कारण कष्ट झेलिरहेका विद्यार्थीहरूको जीवनलाई सहज बनाउन सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मोहन विक नविल बैंकका शाखा प्रबन्धक जनकराज ओझा, र विद्यालयका प्रधानाध्यापकको उपस्थिति थियो। विद्यालय प्रशासनले बैंकको यस सहयोगले विद्यार्थीहरूको शैक्षिक यात्रा थप सहज हुने विश्वास व्यक्त गरेको छ।

नविल बैंकले विगतदेखि नै शिक्षा, स्वास्थ्य, र वातावरण संरक्षणका क्षेत्रमा सक्रियता जनाउँदै आइरहेको छ। बैंकका शाखा प्रबन्धक ओझाले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्।

विद्यालय प्रशासन र विद्यार्थीहरूले नविल बैंकलाई यस सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *