साझा अक्षर

ताजा खबर

सत्ती भन्सारले मंसिरमा संकलन गर्यो १७२ प्रतिशत राजश्व

सत्ती भन्सारले मंसिरमा संकलन गर्यो १७२ प्रतिशत राजश्व

भन्सार प्रमुख सापकोटाका अनुसार भारतीय बजार तिकुनियाँ लगायत क्षेत्रबाट सत्ती भन्सार भएर कपडा, हार्डवेयरका सामान, विद्युतीय सामान, मेसिनरी पार्टपूर्जा आयात हुने गरेको छ । छोटी भन्सारका रुपमा रहेको सत्ती भन्सार आर्थिक वर्ष २०७५÷०७६ मा मुल भन्सारका रुपमा स्तरोन्नति भएको थियो । खुल्ला सीमाना, पर्याप्त कर्मचारीको अभाव जस्ता कारणले निर्धारित लक्ष्य भेट्याउन नसकिरहेको भन्सार कार्यालयले यस आर्थिक वर्षको शुरुवातबाट राजश्व उल्लेख्य मात्रामा वृद्धि गरिरहेको छ । आर्थिक वर्ष २०८०/०८१ मा १० करोड राजश्व संकलन कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा ७ करोड ५० लाख, आर्थिक वर्ष ०७८/०७९ मा १० करोड ६७ लाख, आर्थिक वर्ष ०७७/०७८ मा १५ करोड ८३ लाख, आर्थिक वर्ष…
Read More

भजनीमा माओवादी केन्द्रको नगर अधिवेशन सम्पन्नअध्यक्षमा जगत निर्वाचित

भजनी/कैलालीको भजनीमा भजनी नगरपालिकामा माओवादी केन्द्रको नगर अधिवेशन सम्पन्न भएको छ।अध्यक्षमा जगत वि.क निर्वाचित ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भजनी नगरपालिकामा ३९ सदस्य नगरकमिटी चयन भएको छ ।अध्यक्षको लागि तिन जनाको उम्मेदवारीमा जगत व. वि.क निर्वाचित हुनुभएको छ। उपाध्यक्ष नृप व.साउँद, उपाध्यक्ष दुर्गा व. पुन, उपाध्यक्ष चन्द्रकला वि . क, सचिव गाेपिलाल चाैधरी, स-सचिव राजु पुनमगर, काेषाध्यक्ष भागवति चाैधरि गरि ३५ सदस्यीय सहित ४ जना मनोनीत गरि ३९ जनाको कमिटि हुने छ ।आईतवार भएको नगरअधिवेशन मार्फत केन्द्रिय सदस्य बिनिता देवि चौधरीको नेतृत्वमा भजनी नगरकमिटी सर्वसम्मत चयन भएको हो ।
Read More

२७ वर्षपछि आजदेखि टीकापुर -काठमाडौँ नियमित उडान

कैलाली । सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ ।आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो। पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गरेका थिए । विमान अवतरणका क्रममा सयौंको संख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए । त्यस अवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौँ–टीकापुर सिधा हवाई…
Read More
सयपत्री सामुदायिक वनको साधारण सभा सम्पन्न 

सयपत्री सामुदायिक वनको साधारण सभा सम्पन्न 

२०८१ मंसिर २९/कैलालीको भजनीमा रहेको सयपत्री सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । भजनी नगरिपालिका वडा नं. ९ अम्बारीमा अवस्थीत यस सा.व.को सार्वजनिक सुनुवाईमा ३६ लाख ५३ हजार ३ सय २४ रुपैया बराबरको आय व्यय लेखा संयोजक शिव बहादुर विकले प्रस्तुत गरिएको थियो । अध्यक्ष पदम बहादुर थारुको सभापतित्व तथा बसन्ता वन संरक्षण समितिका सचिव विर बहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा उपभोक्ताहरुलाई सहुलियत रुपमा काठ तथा दाउरा वितरण, वनमा वृक्षारोपण, वन पैदावार संरक्षण, वन संरक्षण, पशुपन्छी चोरी सिकारी नियन्त्रणमा जोड दिनु पर्ने बक्ताहरुको भनाई रहेको थियो । स्थानिय…
Read More
जेष्ठ नागरिकहरूलाई फाईबर सिरक वितरण 

जेष्ठ नागरिकहरूलाई फाईबर सिरक वितरण 

जीवन लाल डगौरा जोशीपुर/ कैलालीको जोशीपुर गाउँपालिका वडा नं ५ मा चिसो छल्न जेष्ठ नागरिकहरूलाई फाईबर सिरक वितरण गरेको छ। आव २०८१/८२ का लागि विनियोजित वार्षीक बजेट वडा भित्रका जेष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रम अन्तर्गत फाईबर सिरक वितरण गरिएको वडा अध्यक्ष अनर कुमार चाैधरीले बताउनुभयो। समुदायमा धेरै जसो ज्येष्ठ नागरिकहरु अपहेलित अबस्थामा छन्, उनीहरूको जीवन सहज होस् भन्ने उद्देश्यका साथ स्थानिय सरकारले बर्सेनि जेष्ठ नागरिक सम्मान अन्तर्गत कहिले न्यानो तन्ना, कहिले ब्ल्यांकेट वितरण गर्दै आएको छ। तर समाजमा हामीले देख्ने गरेका छौं, भत्ता पाउने बित्तिकै धेरैं जसोले रक्सी पिउने गरेका हुन्छन्। त्यो भत्ता खासमा औषधी उपचार खर्च र फलफूल खानाको लागि…
Read More
कर्णाली नदीमा पाटेबाघको बच्चा मृत फेला

कर्णाली नदीमा पाटेबाघको बच्चा मृत फेला

भजनी:सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमा कर्णाली नदीमा मृत अवस्थामा पाटेबाघको बच्चा फेला परेको छ। १३५ सेन्टिमिटर लम्बाई, ५० सेन्टिमिटर उचाइ, घाँटीको गोलाई ३० सेन्टिमिटर भएको मृत बाघ ६ महिना जतिको हुन सक्ने सब डिभिजन कार्यालय राजापुरका वरिष्ठ फरेष्टर उदय चौधरीले जानकारी दिए। मृत बाघको शरीरमा घाउचोट नदेखिएको, पानीमा बगेर आएको अवस्थामा भेटिएको र पोस्टमार्टम लागि बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुराद्वारा लैजान लागेको चौधरीले बताए। बर्दिया राष्ट्रिय निकुञ्ज पाटेबाघको वासस्थान हो। पानी खान वा कर्णाली नदी तर्ने क्रममा डुबेर बाघ मरेको हुन् सक्ने अनुमान छ। स्थानीयले सोमबार बेलुका नदीमा पाटेबाघको बच्चा डुबेको अवस्थामा देखेका थिए। स्थानीयले जानकारी दिएपछि वन डिभिजन कार्यालय…
Read More
कैलालीमा १ करोड बढीको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

कैलालीमा १ करोड बढीको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

कैलाली। भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिवार साँझ सशस्त्र प्रहरीले एक करोडभन्दा बढीको सुन, चाँदी, नगद र अन्य सामग्रीसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका-१ का ३१ वर्षीय हर्कबहादुर बिक, र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनार रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहतको बोर्डर आउट पोस्ट (बीओपी) पगियापसारले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा बरामद सामग्री सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको साथबाट विभिन्न बहुमूल्य वस्तु र नगद बरामद गरेको छ। ती सामग्रीमा समावेश छन्: सुन: ६२० ग्राम, अनुमानित मूल्य…
Read More
भजनीका किसानले पाएनन् समयमा मल खाद र बिउविजन

भजनीका किसानले पाएनन् समयमा मल खाद र बिउविजन

भजनी ११ मंसिर /कैलालीको भजनी नगरपालिका ५ नं वडा कार्यालयको आयोजनामा मल/खादको अभावका कारण कृषकहरुको समस्या बारे छलफल गरिएको छ । भजनी- ५ नं वडा कार्यालयमा भजनी क्षेत्रमा रहेका सम्पूर्ण सुरक्षा निकाय, सरोकारवलाहरुसँग छलफल गरिएको छ।छलफलमा नगर प्रमुख केवल चौधरी,उपप्रमुख राजु तिरुवा,प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपाने,वडा नं ३,५,र ७ का वडा अध्यक्ष, सिमा क्षेत्रका सुरक्षाकर्मी, पत्रकार, राजनीति दल, पालिकाका विभिन्न शाखा प्रमुखको सहभागीता रहेको थियो।छलफलको विषय बस्तु बारे ५-का वडा अध्यक्ष केशव बहादुर बुढाले बताउनु भएको थियो।छलफलमा राजनीति दल र कृषकले सरकारले जहिले पनि मुख्य सिजनमा मल बीउ बिजनमा किसानलाई धोका दिएको भन्दै गुनासो गरेका थिए । भजनी-५ का…
Read More
देउसी भैलो खेलेर आराम बेन्च निर्माण

देउसी भैलो खेलेर आराम बेन्च निर्माण

भजनी।भजनी नगरपालिकास्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा भजनीको भवन अगाडि आराम बेन्चको निर्माण गरिएको छ। देउसी भैलोबाट रु ३०हजार संकलन गरी आराम बेञ्चको निर्माण गरिएको भजनी साहित्यिक समाजका समितिका अध्यक्ष टीका राम जोशीले जानकारी दिए । सार्वजनिक स्थान भएकाले उक्त स्थानमा आराम वेन्चको निर्माण गरिएको हो।
Read More
जिससमा टीका चौधरी भुललाई उम्मेदवार बनाउने काँग्रेसको निणर्य

जिससमा टीका चौधरी भुललाई उम्मेदवार बनाउने काँग्रेसको निणर्य

भजनी, कार्तिक २९/आगामी मंसिर १६ गते हुने जिल्ला समन्वय समिति कैलालीको निर्वाचनमा नेपाली काँग्रेसले अध्यक्षका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निणर्य गरेको छ । काँग्रेसको पार्टीको बैठकले जिल्ला समन्वय समितिका अध्यक्षको उम्मेदवारका लागि भुलको नाम सिफारिस गर्ने निणर्य गरेको हो । कार्य समितिको बैठकले उम्मेदवारीका लागि उनको एकल नाम सर्वसम्मतले सिफारिस गरेको जिल्ला उपसभापति खेमराज डंगौराले जानकारी दिए । जिल्ला समन्वय समिति कैलालीका तत्कालीन अध्यक्ष पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि अध्यक्षको पद रिक्त रहेको छ ।   अध्यक्ष पदको उम्मेदवारका लागि सिफारिस हुनु भएका भुल कैलारी गाउँपालिका वडा नम्बर २ को वडा सदस्य हुन…
Read More
पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना

पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना

भजनी / कैलाली जिल्लाको भजनी बजार जिल्लाको पुरानो सदरमुकामको रूपमा रहेको इतिहास धेरै भएको छैन ।हरेक सम्भावनाले भरिएको भजनीलाई कैलाली जिल्लाको सदरमुकाम थियो भन्दा अहिलेको पुस्तालाई पत्याउन गाह्रो हुन्छ । आज भजनीले भोगिरहेका अभावका अगाडि त्यो पुरानो सदरमुकामको कुरा गर्दा नयाँ पुस्ताले अनौठो मान्ने गर्छन् ।विस २०३८ सम्म जिल्लामा हुनुपर्ने कतिपय कार्यालय भजनीमै थिए । त्यति बेला निर्माण भएका कैयौँ संरचनाको अंश आजका दिनमा जीवित छन् । पुरानो सदरमुकामका बासिन्दा केही दशकदेखि प्राकृतिक विपद्लगायत चुनौतीसँग लड्न र जुध्नबाध्य भइरहेका छन् ।यो क्षेत्रका लागि वर्षायाममा हुने बाढी, नदी कटान र डुबानको समस्या ठूलो चुनौती बन्ने गरेको छ । बाढी डुबानले सयौँ…
Read More
राजनैतिक एंव सामाजिक आन्दोलनमा रैका को योगदान महत्त्वपूर्ण पूर्ब मुख्यमन्त्री भट्ट

राजनैतिक एंव सामाजिक आन्दोलनमा रैका को योगदान महत्त्वपूर्ण पूर्ब मुख्यमन्त्री भट्ट

कैलालीको धनगढीमा राष्ट्रियता लोकतन्त्र र समरुपतावाद प्रति समर्पित, दलित मुक्ति आन्दोलनका ऐतिहासिक क्रान्तिकारी योद्धा,एवं समरुपतावादी नेता स्व.चन्द्र वहादुर रैका को १९ औँ स्मृति दिवस धनगढीमा बिबिध कार्यक्रमको आयोजना गरी मनाईएको छ । चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट रहनुभएको थियोे । १९ अौ स्मृति दिवसको अवसरमा मानबसेवा आश्रममा रहेका असाहय बुवाआमा र बालबालिकालाई सामूहिक दिवा भोजन समेत गराईएको थियोे । कार्यक्रमका प्रमुख अतिथी एंव सुदूरपश्चिम सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट ले स्व. चन्द्र बहादुर रैका दलित समुदायको मात्रै नेता नभईकन हामी सबैको साझा सशक्त क्रान्तिकारी नेता भएको बताउनु भयो ।…
Read More
नेपाल वायुसेवा निगमको परीक्षण उडान सफल

नेपाल वायुसेवा निगमको परीक्षण उडान सफल

भजनी: २७ वर्षदेखि बन्द रहेको कर्णाली नदी छेवैको कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुरमा परीक्षण उडान गरेको हाे। नेपाल एयरलाइन्सको परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टीकापुर विमानस्थलमा अवतरण भएका छन्। पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमा छन्। टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ उडान हुने गरेको थियो। टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले संघीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र यहाँका जनताको माग पूरा गर्नुपर्ने बताए। समुद्रि सतहबाट २ सय ४३ मिटर उचाइमा…
Read More
लागूऔषधसहित पाँच जना पक्राउ

लागूऔषधसहित पाँच जना पक्राउ

भजनी: कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। कैलाली प्रहरीले शुक्रबार विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो।इलाका प्रहरी कार्यालय भजनी र पृथ्विपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भजनी नगरपालिका–५ लालबोजीबाट वडा नम्बर २ रजबारा बस्ने २२ वर्षीय रुपेश बिक र घोडाघोडी नगरपालिका–४ सिमथरी बस्ने २१ वर्षीय कुशल गिरीलाई पक्राउ गरिएको छ। उनीहरुको साथबाट १.७४० ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ। यस्तै अस्थायी प्रहरी पोष्ट शान्तिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ १ त्रिवेणीघाटबाट वडा नम्बर २ बैयाबेहडी बस्ने १८ वर्षीय किशोरलाई पनि पक्राउ गरेको छ। उनको साथबाट स्पास नामक १६ ट्यावलेट फेला परेको छ।यस्तै, इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँबाट…
Read More
सरकारले दलित सशक्तिकरण ऐन संशोधन गरी दलित अधिकार कटौती गर्न लागेको भन्दै दलितहरु आन्दोलनमा

सरकारले दलित सशक्तिकरण ऐन संशोधन गरी दलित अधिकार कटौती गर्न लागेको भन्दै दलितहरु आन्दोलनमा

धनगढी ८ कार्तिक २०८१/सुदूरपश्चिम प्रदेश सामजिक विकास मन्त्रालयले दलित शसक्तिकरण ऐन कार्यान्वयनमा नआउदै संशोधनका लागी प्रस्ताव गरेको विद्येयक दलित समुदायका नेता,अगुवा एंव दलित नागरिक समाजले ठाडै अस्विकार गर्दै कार्यान्वयनको माग गरेका छन । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले दलित शसक्तिकरण ऐन कार्यान्वयनमा नआउदै संशोधनका लागी प्रस्ताव गरेको विद्येक सम्बन्धी सुझाव संकलन कार्यक्रम्मा सहभागी दलित संघ संस्थाका प्रतिनीधिहरुले संशोधन विद्येक अस्विकार गर्दै कार्यान्वयनको माग गरेका हुन । सामाजिक विकास मन्त्रालयले ऐन संशोधन गर्न बनाएको विद्येकमाथी छफफल गर्न आयोजना गरेको कार्यक्रमको मान्यूटमा समेत हस्ताक्षर नगरी उनीहरुले संशोधनका लागी अघि सारीएको विद्येकलाई अस्विकार गर्दै एकमतले कार्यान्वयनको माग गरेका हुन । सामाजिक विकास मन्त्रालयका…
Read More