कैलालीको भजनी नगरपालिका वडा नं ८ सोनाफाँटामा नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित ECOLAB परियोजना अन्तर्गत लाभग्राहीहरूलाई लक्षित गरी जलवायु–मैत्री जीविकोपार्जन बेमौसमी तरकारी सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ।उक्त तालिममा बेमौसमी तरकारीको परिचय, बेमौसमी तरकारी खेती गर्ने तरिका, बेमौसमी तरकारीको फाइदा एवं महत्व, कोकोपिट र मलको मिश्रणमा प्लास्टिक ट्रेमा बेर्ना उमारेने तरिका, पोलिब्यागमा बेर्ना उमारेने तरिका, भर्मी कम्पोस्ट र घोटेमालको महत्व, टनेल फार्मिङ गर्ने तरिका, टनेल फार्मिङको फाइदा एवं महत्व, टनेल फार्मिङमा तिते करेला, काँक्रो तथा भेडे खुर्सानीको खेती गर्ने तरिका, साथै बेमौसमी तरकारी खेतीबाट आयआर्जन गरी जीविकोपार्जन गर्ने उपायहरूका बारेमा विस्तृत रूपमा प्रशिक्षण प्रदान…
कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको आयोजनामा तथा ब्रिटिश रेडक्रसको आर्थिक सहयोगमा सञ्चालन हुँदै आएको ECOLAB परियोजना अन्तर्गत जलवायु मैत्री जीविकोपार्जन कार्यक्रम अन्तर्गत लाभग्राहीहरूका लागि पशुपालनसम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रममा भैंसीपालन, बाख्रापालन तथा भेडापालन सम्बन्धी व्यवहारिक तथा प्राविधिक जानकारी प्रदान गरिएको थियो। तालिममा पशु आहार व्यवस्थापन, रोग नियन्त्रण, स्वच्छता, उत्पादन वृद्धि र जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्दै दिगो पशुपालन कसरी गर्न सकिन्छ भन्ने विषयमा भजनी नगरपालिका पशु सेवा शाखा त्रिलोचन चौधरी र रमेश जैशीले समेत सहजीकरण गर्नु भएको थियो। तालिममा सहभागी लाभग्राहीहरूले सिकेका ज्ञान तथा सीपले आफ्नो जीविकोपार्जनमा सुधार आउने र आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका…
कैलालीको भजनी नगरपालिकामा MOFA जापान र वर्ल्ड भिजन जापानको आर्थिक सहयोगमा, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल तथा सामाजिक विकासका लागि सचेत समाज (CSSD) धनगढी, कैलालीको संयुक्त साझेदारीमा सञ्चालित CBDRR परियोजना अन्तर्गत शितलहर र गर्मीको लू व्यवस्थापनसम्बन्धी टेबल–टप अभ्यास कार्यक्रम सम्पन्न भएको छ। बढ्दो शितलहर र लूका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहले व्यवस्थापनका विभिन्न उपायहरू लागू गरेको छ। साथै, जोखिम न्यूनीकरणका लागि जनचेतनामूलक सन्देशहरू जारी गर्दै स्थानीय तह सक्रिय रूपमा अघि बढेको शितलहर र लू व्यवस्थापनमा समुदाय, वडा र नगरपालिकाको भूमिका,शितलहर र लूका जोखिमबारे जानकारी लिने र पालना गर्ने।बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती र दीर्घरोगीको विशेष ख्याल गर्ने।सुरक्षित बास, न्यानो…
कैलालीको भजनी ६ मा रहेको दिया और बाती बचत तथा ऋण सहकारी सस्था लि. को १२ औं वार्षिक साधारण सभा तथा नयाँ भवनको उद्घाटन गरिएको छ। अन्ती चौधरीको सभापतित्वमा भएको भेलाका प्रमुख अतिथि भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी रहनु भएको थियो। संस्थाकी व्यवस्थापक लक्ष्मी चौधरीले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा शेर पूँजी १४७८३००,बचत१३६७२८२८,लगानी१२०८४०००,कुल सम्पत्ति ३२९८१७७.५६शेर सदस्य ४८५ रहेको छ । नगर प्रमुख चौधरीले सबै भन्दा बढी संख्या भएको महिला सहकारी संस्थाले राम्रो काम गरेकोमा धन्यबाद दिएका छन् र आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता बताए।साधारण सभामा भजनी नगरपालिका छैठौँ अधिकृत विष्णु न्यौपाने, भल्मनसा रामस्वरूप चौधरी , समाजसेवि इश्वरी चौधरी,देवीकला ढुंगाना, र…
भजनी : सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल वाग्मती प्रदेशको अध्यक्षमा ललितपुरका दिल कृष्ण प्रजापति सर्वसम्मत निर्वाचित भएका छन् ।काठमाडौ भएको सञ्जालको प्रदेश स्तरीय अधिवेसनले उनको नेतृत्वमा १३ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । समितिको उपाध्यक्षमा कविता इटनी, सचिवमा महेन्द्र मान्न्धर , सहसचिवमा रोशन कुमार श्रेष्ठ र सृजना न्यौपाने कोषाध्यक्षमा चयन भएका छन् । यस्तै, सदस्यमा दिपक विक्रम देउजा,अस्मिता अर्याल ,तिर्सना कट्टेल,धनमाया थापा,निर्मला कट्टेल,सृजना पौडेल ,बाबुराजा बज्राचार्य ,भगवान रानामगरसञ्जालको काठमाडौको बालाजुमा चलेको प्रथम अधिवेसनले सर्वसम्मतले कार्य समिति चयन गरेको थियो ।
भजनी नगरपालिका–८ गोडचौरामा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले ब्रिटिश रेडक्रसको आर्थिक सहयोगमा संचालन गर्दै आएको ECOLAB परियोजना अन्तर्गत जलवायु मैत्री जीविकोपार्जन अभिमुखीकरण सम्पन्न भयो।कार्यक्रममा लाभग्राहीसँग समुदायमै प्रचलित भैंसीपालन, बाख्रापालन ,सिलाई कटाई,तरकारी र बंगुरपालनलाई जलवायु अनुकूल कसरी लैजाने भन्नेबारे विस्तृत छलफल भयो। रासायनिक मलको बढी प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको र अब जैविक तथा टिकाउ अभ्यासतर्फ फर्किनुपर्ने आवश्यकता पनि जोडियो। समुदायमा रेडक्रसले गठन गरेका ‘च्याम्पियन’हरूले निरन्तर जनचेतनामूलक सन्देश प्रवाह गर्दै आएका छन्। उनीहरूले सरसफाइ, प्राथमिक उपचार, बहस–पैरवी, र बहुप्रकोप पूर्वसूचना प्रणाली जस्ता विषयमा तालिम पाएका छन्, जसले समुदायको क्षमता अझै मजबुत बनाएको छ। कार्यक्रममा वडा नं ८ का अध्यक्ष पंकज चौधरी,…
कैलाली भजनीमा रहेको प्रहरी चौकी जनकपुरबाट सेवामा रहेका असई (AS I) राजेश चौधरी ६ महिनाको प्रभावकारी कार्यकालपछि सरुवा भएका छन्। चौधरीको घोडाघोडी नगरपालिका–६ स्थित अ.प्र. पोस्ट प्रतिखेत भएको छ ।उनले आफ्नो छोटो जिम्मेवारी अवधिमा सुरक्षालाई प्राथमिकतामा राख्दै उल्लेखनीय कामहरू गरेका छन्। उनले ६ महिनाको अवधि भित्र:लागुऔषध (ड्रग्स) सम्बन्धी १० जना विरुद्ध कानूनी कारवाही गर्दै मुद्दा दायर गर्नुका साथै हातहतियार सम्बन्धी २ जना विरुद्ध मुद्दा प्रक्रिया अघि बढाएका छन्। स्थानियवासी तथा सेवा लिने पक्षका अनुसार चौधरी अनुशासित, सक्रिय र अपराध नियन्त्रणमा प्रभावशाली देखिएका स्थानिय समाजसेवि अमृत कुमालले बताए। सरुवासँगै स्थानीय क्षेत्रमा उनका कामको प्रशंसा भइरहेको छ। नयाँ कार्यस्थलमा पनि उस्तै उत्साह…
कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा सञ्चालित ECOLAB परियोजना अन्तर्गत भजनी नगरपालिका वडा नं. ८ का च्याम्पियन, CDCC, भलमन्सा, चिराकी,स्वयम्सेवीका, वन उपभोक्ता समिति र ने.रे.सो उपशाखा भजनीका प्रतिनिधी,लगाएतका सहभागीहरूलाई लक्षित गरी तीन दिने बहु–प्रकोपीय पूर्वसूचना सम्बन्धी तालिम आजबाट भजनीमा सुरु भएको छ।तालिमको उद्घघाटन सत्रको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका निर्वतमान सभापति बासुदेव बिनाडीले गर्नुभएको कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी, विशिष्ठ अतिथि भजनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पंकज चौधरी, अतिथी राम नारायण चौधरी रहनुभएको थियो। सो तालिममा भजनी नगरपालिकाका DRR फोकल पर्सन विष्णुराज न्यौपाने, टिकापुर नगरपालिकाका DRR फोकल पर्सन निर्मला…
भजनी | टीकापुर नगरपालिका–६ स्थित लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्था आर्थिक वर्ष २०८१र८२ मा ९० लाख ५३ हजार रुपैयाँभन्दा बढी खुद नाफा कमाउन सफल भएको छ। सहकारीको १७ औँ वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीको शेयर पुँजी १ करोड ३० लाख रुपैयाँ पुगेको छ। हाल सहकारीमा १,३९३ जना शेयर सदस्य छन्।प्रतिवेदनमा सहकारीले ११ करोड ३ लाख रुपैयाँ निक्षेप तथा सापटी परिचालन गरेको र १३ करोड ८३ लाख रुपैयाँभन्दा बढी ऋण लगानी गरेको उल्लेख छ। नगर प्रमुख रामलाल डगौरा थारूले सहकारीले सामाजिक तथा कृषि क्षेत्रमा उदाहरणीय काम गर्दै आएका भन्दै प्रशंसा गरे। उनले अधुरो भवन निर्माण कार्य नगरपालिकाले पूरा गर्ने प्रतिबद्धता पनि…
भजनी १९ मंसिर/भजनी स्थित महुन्याल माद्यामिक बिद्यालयले झण्डै दुई वर्ष पछि बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पाएको छ । लामो समयको विवादका कारण दुई वर्षदेखि अध्यक्ष चयन हुन नसके पनि शुक्रबार सहमतिका आधारमा बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेन्द्र प्रसाद जैशीलाई चयन गरिएको बताइएको छ । शुक्रबार सहमतिका आधारमा बिधालय व्यवस्थापन समितिको अध्यक्षमा जैशीलाई जिम्मेवारी दिने सहमति भएपछि जैशी अध्यक्ष चयन भएको बिद्यालयका प्रधानाध्यापक बिद्याप्रसाद भट्टले जानकारी दिएका छन् । बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सहमति हुन नसक्दा भजनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
के. आर. पाण्डेय ,मंसिर १७ /निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भजनी नगर कार्य समितिको आयोजनामा आयोजित "प्याब्सन फेस्टिवल-२०८२" (पालिका स्तरीय अन्तर विद्यालय खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता) को एक कार्यक्रमका बीचमा उद्घाटन भएको छ ।निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल भजनी नगरपालिकाको आयोजनामा भएको हो। उद्घाटन कार्यक्रममा प्याब्सन भजनी पालिकाका अध्यक्ष खडक बुढाको अध्यक्षतामा भएको कार्यक्रममा भजनी नगर उप प्रमुख राजु तिरुवा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा पुर्ब प्याब्सन केन्द्रिय सदस्य तथा जिल्ला सल्लाकर सदस्य राम प्रसाद शर्मा बिशिष्ट अतिथि, प्याब्सन कैलाली जिल्ला कमिटी उपाध्यक्ष राज बुढा,प्याब्सन कैलाली जिल्ला बरिष्ठ उपाध्यक्ष डिल्ली राज देबकोटा , प्याब्सन महाधिवेशन…
भजनी १७ मंसिर/जनताका हरेक समस्या समाधान गर्दै आफ्नो क्षेत्र समृद्ध बनाउने अठोट लिएर निर्वाचन जितेका जनप्रतिनिधि जनताका ती समस्याका अगाडि निरीह बन्दै आएका छन् । निर्वाचनको समयमा जनमत आफ्नो अनुकूल बनाउन हुँदा नहुँदा एजेण्डा बनाएर निर्वाचन जितेका जनप्रतिनिधि जनताका दु:खका अगाडि निरीह बनेका हुन । खासगरी कृषि प्रधान देशमा कृषि क्षेत्रलाई अब्बल बनाउने अठोट निर्वाचनमा सबै उम्मेदवारको हुन्छ । तर निर्वाचित भैसकेपछी आफ्नो स्वार्थमा केन्द्रित हुने जनप्रतिनिधि जनताको सेवक कहिल्यै बन्न सकेका छैनन् । अहिले त्यहीँ किसानहरूमा त्यहीँ समस्या बल्झिँदै गएको छ । किसानहरु एक बोरा मलका लागि रातभर यो चिसोमा खुला आकाश मुनि रात बिताउन बाध्य छन् । जनप्रतिनिधि…
भजनी १३ मंसिर/भजनी नगरपालिका वडा नं.७ मा रहेकाे ग्रामिण कृषि विकास सहकारी सँस्थाले रासायनिक मल वितरणको काम सुरु गरेको छ । किसानहरुकाे सहजताका लागि भन्दै सहकारीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै रासायनिक मल वितरणको काम सुरु गरेको हो । सहकारीले मलखाद बिक्रीवितरण सुरु गरेपछि किसानहरु खुशी भएका छन् । मलको चरम अभाव भैरहेको समयमा सहकारीले स्थानीय सरकारसँग समन्वय गरेर मलखाद उपलब्ध गराउनेमा किसानहरूले आशाबादी छन् । ग्रामीण सहकारी संस्थाका अध्यक्ष रवि कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी संस्थाका संस्थापक अध्यक्ष जयबहादुर बुढाले लामो समयको प्रयासपछि किसानहरुको मागलाई सम्बोधन गर्न सफल भइएको बताएका छन् । उनले मलका लागि किसानहरुलाई भौतारिनुपर्ने अवस्था…
पदमराज जैशी, भजनी १० मंसिर /भजनी नगरपालिका वडा नं. ४ का स्वर्गीय टीकाराम जैशीका तीनजना छोराछोरीको अभिभावकत्व दुईवटा बिद्यालय सञ्चालकले लिने घोषणा गरेका छन् । केही दिन पहिले ज्यान गुमाएका जैशीको पारिवारिक आर्थिक स्थिति निकै कम्जोर भएका कारण साना बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न भजनी बजारमा संस्थागत बिद्यालय सञ्चालन गर्दै आएका दुई बिद्यालय सञ्चालकले शिक्षाको सम्पुर्ण जिम्मेवारी लिने गरी अभिभावकत्व लिने घोषणा गरेका हुन । जसमा भजनी बजारमा संस्थागत बिधालय सञ्चालन गर्दै आएका डिल्ली राज देवकोटाले उनका दुई छोराको कक्षा १० सम्मको पढाईको सम्पुर्ण जिम्मेवारी लिने घोषणा गरेका छन् । उनले पढाईका लागि लाग्ने कक्षा १० सम्मको सबै खर्च…
भजनी— सत्ति भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो चार महिनामा निर्धारित लक्ष्यअनुसार राजस्व असुली गर्न नसकेको छ। भन्सार विभागले कार्तिक मसान्तसम्मका लागि तोकेको ५ करोड ३२ लाख ७१ हजार रुपैयाँ मध्ये कार्यालयले ४ करोड ३२ लाख ६५ हजार ५८५ रुपैयाँ मात्र संकलन गरेको कार्यालयका निमित्त प्रमुख पदम भट्टले जानकारी दिए।यो रकम लक्ष्यको ८१ प्रतिशत मात्र हो, जसमा करिब १ करोड रुपैयाँको कमी देखिन्छ।महिनागत राजस्व संकलन यस्तो देखिन्छःसाउन: ६३ लाख ३७ हजार १३२ (लक्ष्यको ४९.१७%)भदौ: ९० लाख ७० हजार १२४ (लक्ष्यको ६७.४३%)असोज: १ करोड ६८ लाख १७६ (लक्ष्यको १२७.७१%) — एक मात्र महिनामा लक्ष्यभन्दा बढी कार्तिक: १ करोड १९ लाख ८२…