Skip to main content

Bhajani Today

भजनी बजारका व्यवसायीलाई कर छुट दिन उद्योग वाणिज्य संघको माग

कैलालीको भजनी बजार ऐतिहासिक तथा प्रमुख व्यापारिक केन्द्र भए पनि भारतसँग खुला सीमा नाका रहेका कारण स्थानीय व्यवसायीहरू विभिन्न चुनौती झेल्दै आएका छन्। विशेषगरी कोभिड–१९ महामारीका बेला गरिएको लामो लकडाउन र चर्को बैंक ब्याजदरका कारण भजनी बजारका व्यवसायीहरू आर्थिक रूपमा प्रभावित बनेका छन्।

यसै सन्दर्भमा उद्योग वाणिज्य संघ भजनी कैलालीले भजनी नगरपालिकासँग कर छुटको माग गर्दै। संघले व्यवसायीहरूको वर्तमान अवस्था मध्यनजर गर्दै भजनी नगरपालिकाले व्यवसायिक करमा ५० प्रतिशत छुट दिनुपर्ने माग गरेका छन्।संघका अनुसार बजारका धेरै व्यवसायिक सटरहरू बन्द भएका छन् भने बाँकी व्यवसायीहरू पनि घाटामा व्यापार गर्न बाध्य छन्। यस्तो अवस्थामा स्थानीय तहले कर छुटको व्यवस्था गरे व्यवसायीहरूलाई राहत मिल्ने विश्वास लिइएको छ।

उद्योग वाणिज्य संघ भजनीका अध्यक्ष प्रेम राज जैशीले नगरपालिकालाई सहयोगात्मक भूमिका निर्वाह गर्न आग्रह गर्दै कर छुटले स्थानीय व्यापार पुनर्जीवित गर्न मद्दत पुग्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *