कैलालीको भजनी नगरपालिका–१ भजनीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको चुनावी १२औँ वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति चयन गरिएको छ।
साधारण सभाबाट अध्यक्षमा बसन्ती चौधरीको कार्यकाल दुई वर्ष र तुल्सी राजीको दुई कार्यकालमा सहमति बाट नयाँ कार्य समितिको चयन गरिएको थियो।भने उपाध्यक्षमा कृष्णा चौधरी चयन भएकी छन्। त्यस्तै सदस्यहरूमा गोमा जोशी, सृजना चौधरी, रिएमानी थारु, लक्ष्मी विक र पदम देवी साउद चयन भएका छन्।यसैगरी, सहकारीको लेखा समितिको संयोजकमा तुल्सा देवी बुढा चयन भएकी छन् भने सदस्यहरूमा रुपा चौधरी र शान्ति देवी चौधरी चयन भएका छन्।
साधारण सभामा सहकारीका शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजना र नीति कार्यक्रमबारे छलफल गरिएको थियो।
नव–निर्वाचित कार्य समितिलाई भजनी नगर प्रवक्ता तथा वडा नं ३ का वडा अध्यक्ष विक्रम चौधरी, साना किसान कृषि सहकारी संस्था लि. बैनियाका अध्यक्ष पूर्ण विष्ट र निर्वाचन कमिटी संयोजक पूर्ण प्रसाद जोशी ले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।कार्यक्रमको सञ्चालक निर्मला चौधरीले गर्नु भएको थियो।