साझा अक्षर

दिगो विकास समाज भजनीको १९औँ साधारणसभा तथा अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

कैलाली । दिगो विकास समाज भजनीको १९औँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।अधिवेशनबाट आशा कुमारी चौधरी अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा गीता चौधरी, सचिवमा देवेन्द्र साउद, सह–सचिवमा सावित्री कठरिया र कोषाध्यक्षमा लक्ष्मी धर्तीमगर निर्वाचित हुनुभएको छ। यस्तै, सदस्यहरूमा सीता चौधरी, लक्ष्मी चौधरी, सरस्वती मल्ल, टिकाराम चौधरी, देविराम जैशी र निलम चौधरी चयन हुनुभएको छ।साधारणसभामा संस्थाको वार्षिक प्रगति समीक्षा, आर्थिक प्रतिवेदनमा ४करोड ७६लाख ९० हजार ५ सय ३० रुपैयाँ बराबरको आय व्याय प्रस्तुतिका साथै आगामी कार्ययोजना र रणनीतिबारे लेखापाल रिता चौधरीले गर्नु भएको थियो।उक्त कार्यक्रममा संस्थाका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षता भएको थियो । नगर प्रमुख केवल चौधरीले संस्थाले समुदायस्तरमा दिगो विकास, सामाजिक सशक्तीकरण र समावेशी कार्यक्रममार्फत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे। उक्त कार्यक्रममा महुन्याल बहुमुखी क्याम्पस भजनीका व्यवस्थापक अध्यक्ष टंक प्रसाद जोशी र डम्मर खड्काले नव–निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, नयाँ नेतृत्वको कार्यकालमा संस्था अझ सशक्त, प्रभावकारी र उत्तरदायी ढंगले अघि बढ्दै संस्थागत लक्ष्यहरू हासिल गर्न सफल हुने विश्वास व्यक्त गरेका थिए। उक्त कार्यक्रमको स्वागत मन्तब्य गीता चौधरीले गर्नु भएको कार्यक्रमका सञ्चालक कार्यकारी निर्देशक लक्ष्मी दत्त भट्टले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *