साझा अक्षर

१४ वर्ष मुनिको (प्याब्सन कप २०८२) फुटबल प्रतियोगिता आयोजना

भजनी २९ पुस/निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भजनी नगर कार्यसमितिले भजनीमा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्याब्सन भजनीले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै
भजनी नगरपालिकाको वडा नं. ७ को पुरैना युवा कलबको खेल मैदानमा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । माघ ३ गते देखी ७ गतेसम्म १४ वर्ष मुनिको (प्याब्सन कप २०८२) फुटबल प्रतियोगिता आयोजना हुन लागेको प्याब्सन भजनीका अध्यक्ष खडक बुढाले जानकारी दिएका छन् ।
उनले बिद्यार्थीहरुका लागि शिक्षासँगै खेलकुद पनि महत्त्वपूर्ण रहने बताउँदै बिद्यार्थीहरुलाई खेलकुदमा आबद्ध गराउन प्रतियोगिता अर्थपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि एक लाख ७५ हजार भन्दा बढी खर्च लाग्ने छ । ४५ हजार रुपैयाँ पुरस्कार राशीमा खर्च गरिने उनले बताएका छन् ।

अध्यक्ष बुढाले समयानुकूल खेलकुद प्रतियोगिता आयोजना भइरहने गरेको भए पनि उमेर समूह लक्षित गरेर निकै कम प्रतियोगिता आयोजना हुने गरेको बताए । उनले त्यसैलाई मध्यनजर गर्दै १४ वर्ष मुनिका उमेर समुहको म
प्याब्सन कप आयोजना गर्न लागिएको बताउँदै प्रतियोगितालाई सफल बनाउन सबै तहबाट सहयोगको अपेक्षा प्याब्सन भजनीले गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *