कैलालीको जोशीपुर गाउँपालिका ३ मा रहेको हरियाली पार्वती सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष राहुल बुढाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्या रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाध्याले वन संरक्षण, वातावरण सन्तुलन तथा सामुदायिक सहभागिताको महत्वबारे प्रकाश पारे। उनले वन क्षेत्रको दिगो व्यवस्थापनमा सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताए।
सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष लिलाधर भुसालको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा सब डिभिजन वन कार्यालय भजनीका प्रमुख लाल बहादुर विश्वकर्मा,नफेकोफुनका केन्द्रिय महासचिव डन्डी राज सुवेदी, इलाका प्रहरी कार्यालय जोशीपुर वरिष्ठ सई चंख बहादुर कठायत ,सामुदायिक वन समन्वय समिति अध्यक्ष खोज राम चौधरी,वडा नं ३ का वडा सदस्य ज्ञान चौधरी र पञ्च राम चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सामुदायिकले आफ्नो कार्य क्षेत्रमा रहेका बिद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गर्नुको साथै उच्च शिक्षा अध्ययन विद्यार्थी र खेलाडीहरूलाई सम्मान गरिएको थियो।
सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बुढाले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।कार्यालय सचिव कल्पना विकले आर्थिक बर्ष २०८१/०८२ को १० लाख,८३ हजार ,९ सय २६ बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न समुदायको झाँकी प्रस्तुत गरिएको साथै सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा प्रतिनिधिहरू र सरोकारवालालाई माया चिनो तथा सम्मान गरिएको थियो। र सामुदायिक वन उपभोक्ता समुहले ज्ञापन पत्र समेत बुझाएको थियो।कार्यक्रमको सञ्चालन सञ्चारकर्मी धर्मेन्द्र विष्टले गर्नु भएको थियो ।
सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1
+1