साझा अक्षर

विद्युत सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न

कैलालीको भजनी नगरपालिका ८ मा रहेको सुनौलो ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।सहकारी संस्थाका अध्यक्ष खेम राज चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी भजनी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष पंकज चौधरी रहनु भएको थियो। सहकारी संस्थाका शेयर सदस्य हरि बहादुर चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष प्रकाश साउद, समाजसेवि अजय तिमिल्सेना, शेर बहादुर साउद र शिक्षक मिन बहादुर थापा ले शुभकामना मन्तव्य राख्नु भएको थियो । सहकारी संस्थाले आफ्नो कार्य क्षेत्रमा रहेका बिद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गर्नुको साथै समयमा विद्युत महसुल बुझाउन उपभोक्तालाई समेत पुरस्कृत गरिएको छ। लेखा समिति संयोजक राम बहादुर चौधरी र सहकारी संस्थाका अध्यक्ष चौधरीले आ – आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यालय व्यवस्थापक चन्द प्रकाश चौधरीले आर्थिक बर्ष २०८१/०८२ को १ करोड ,३४ लाख,४७ हजार ,३ सय ३८ बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सहकारी संस्था सचिव ज्ञान बहादुर रावलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *