साझा अक्षर

भजनी नगरपालिकाले सुरु गर्यो करदाता सेवा

भजनी २४ पुस /स्थानीय तहबाट प्रवाह हुने सेवालाई नागरिकको नजिको शासकीय तहवाटै व्यवस्थापन गर्ने गरी संघीयताको लाभलाई नागरिक तहसम्म अनुभूति गराउने उद्देश्यले भजनी नगरपालिकाबाट करदाता सेवाको सुरुवात भएको छ ।

नेपाल सरकारको मिति २०८२ कार्तिक १७गतेको निर्णयानुसार करदाता सेवा कार्यालयवाट प्रदान गरिदै आएका सेवाहरु स्थानीय तहबाटै प्रवाह हुने गरी आन्तरिक राजस्व कार्यालय, धनगढी, कैलाली र भजनी नगरपालिका भजनी,बीच सेवा सञ्चालन सम्बन्धी सम्झौता भएसँगै सेवाको सुरुवात भएको हो ।

नगरपालिकाले आज बिहिवार पहिलो करदाताका रुपमा भजनी नगरपालिका वडा नं. ९ का रोहित राजीलाई स्थायी लेखा नम्बर परिचय-पत्र (PAN) हस्तान्तरण गरी स्थानीय तहबाटै कर सम्बन्धी सेवा प्रवाह गर्ने कार्यको शुभारम्भ भएको घोषणा गरेको छ ।

भजनी नगरपालिका भित्रका व्यवसायी/करदाताहरुलाई कर सम्बन्धी सेवाहरु नगरपालिकाबाट लिन आउन सार्वजनिक जानकरी गराउँदै स्थानीय नागरिकहरूलाई नजिकबाट सेवा प्रवाह गर्ने अवसर पाउँदा निकै उत्साहित भएको नगर प्रमुख केवल चौधरीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *