Skip to main content

Bhajani Today

नेपाल रेडक्रस सोसाइटी, कैलाली शाखाद्वारा शितलहर सम्बन्धी जनचेतनामूलक

कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी, कैलाली जिल्ला शाखाले ब्रिटिस रेडक्रसको आर्थिक साझेदारीमा सञ्चालन गरिरहेको ECOLAB परियोजना अन्तर्गत भजनी नगरपालिका वडा नं. ३ मा अगुवा कार्यकर्ताहरू मार्फत सितलहर (Cold Wave) सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ।

यस कार्यक्रमको मुख्य उद्देश्य जाडो याममा देखिने अत्यधिक चिसोबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा जोखिममा रहेका समुदायलाई सुरक्षित राख्नु हो। अगुवा कार्यकर्ताहरूले समुदायस्तरमा घर–घर पुगेर तथा सामूहिक छलफलमार्फत सितलहरका कारण हुने स्वास्थ्य जोखिम, बच्ने उपायहरू, न्यानो कपडाको प्रयोग, आगो ताप्दा अपनाउनुपर्ने सावधानी, र चिसोबाट हुने रोगका लक्षणहरू बारे जानकारी दिएका छन्।

साथै, आपतकालीन अवस्थामा अपनाउनुपर्ने व्यवहार, समुदायमा आपसी सहयोगको महत्त्व, र स्थानीय स्रोत–साधनको प्रयोग गरी कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा पनि सचेतना फैलाइएको छ। यस प्रकारका कार्यक्रमहरूले समुदायको पूर्वतयारी क्षमता अभिवृद्धि गर्नुका साथै जलवायुजन्य जोखिमप्रति सचेत र सक्षम बनाउने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *