Skip to main content

Bhajani Today

खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ को उद्घाटन

कैलालीको भजनी नगरपालिका–२ मा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ को उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित आयोजित प्रतियोगिता भजनी–२ स्थित खेल मैदानमा सञ्चालन गरिएको हो।

उद्घाटन कार्यक्रममा राहुल बुढाले कार्यक्रम सञ्चालन गरेका थिए भने बिरेन्द्र बुढाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि बाबुराम चौधरी रहेका थिए भने टंक प्रसाद जोशी, राज बहादुर बुढा र जय बहादुर बुढा विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नर बहादुर बुढाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।स्थानीय तहमा खेलकुदको विकास, युवाको सहभागिता र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *