Skip to main content

Bhajani Today

सुदूरपश्चिम यातायातको नियमित बस सेवा सञ्चालनमा

कैलाली जिल्लाको भजनी नगरपालिका – ८ स्थित कृष्णनगर हुलाकी रोड हुँदै सुदूरपश्चिम यातायातको नियमित बस सेवा सञ्चालनमा आएको छ। यस सेवाबाट स्थानीय बासिन्दा तथा यात्रुहरूलाई दाङ, काठमाडौं र हेटौंडा यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिम यातायातले सार्वजनिक गरेको समयतालिका अनुसार दाङका लागि बिहान ८ बजे, काठमाडौंका लागि दिउँसो १२ बजे र हेटौंडाका लागि दिउँसो १ बजे बस प्रस्थान गर्ने व्यवस्था गरिएको छ। लामो समयदेखि प्रत्यक्ष बस सेवाको अभाव झेल्दै आएका यस क्षेत्रका यात्रुहरूका लागि यो सेवा निकै उपयोगी हुने सुरेश काफ्लेले बताए।

नयाँ बस सेवा सञ्चालनमा आएपछि यात्रा समय, खर्च र असुविधा कम हुने विश्वास गरिएको छ। साथै व्यापार, शिक्षा, स्वास्थ्य तथा अन्य कामका लागि आवतजावत गर्ने यात्रुहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। सुदूरपश्चिम यातायातले सुरक्षित, नियमित र भरपर्दो सेवा प्रदान गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *