Skip to main content

Bhajani Today

सामुदायिक वन उपभोक्ता समन्वय समितिका अध्यक्षमा पुन चौधरी चयन

भजनी ४ माघ/भजनी रेन्जपोष्ट स्तरिय सामुदायिक वन उपभोक्ता समन्वय समिति भजनी -१ कैलालीको १४औं वार्षिक साधारण सभा तथा सार्वजनक सुनवाई र अधिवेशन कार्यक्रम सम्पन्न।

सामुदायिक वन उपभोक्ता समन्वय समितीका अध्यक्ष खोज राम चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी कैलाली क्षेत्र नं ३ (ख) प्रदेश सभा सदस्य माननीय घनश्याम चौधरी रहनु भएको थियो । सामुदायिक वन उपभोक्ता समन्वय समितिका उपाध्यक्ष दीपक चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा सब डिभिजन वन कार्यालय भजनीका वरिष्ठ वन रक्षक प्रकाश विक,नफेकोफुनका केन्द्रिय महासचिव डन्डी राज सुवेदी, हरियाली पार्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष राहुल बुढा र सञ्चारकर्मी धर्मेन्द्र विष्टले शुभकामना मन्तव्य राख्नु भएको थियो। उपभोक्ता समन्वय समितिका कोषध्यक्ष मंगला जोशीले आर्थिक बर्ष २०८०/०८१ को २० हजार बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो । साथै सर्व समितिबाट पुरानै समितिलाई पूर्णता दिएको छ। अध्यक्षमा खोज राम चौधरी, उपाध्यक्षमा दीपक चौधरी,सचिवमा इन्द्र विक,कोषध्यक्षमा मंगला जोशी, सह सचिवमा दान सिंह चौधरी, सदस्यहरुमा राहुल बुढा, मनसरी चौधरी,राजकुमारी चौधरी,सुन्दरी चौधरी, गोर्खा लोनिया , रतिराम चौधरी र लक्ष्मी विक सर्व समितिबाट चयन भएका छन्। उक्त कार्यक्रम सञ्चालन सचिव इन्द्र विकले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *