Skip to main content

Bhajani Today

डल्फिन क्षेत्रको संरक्षण तथा वातावरणीय स्वच्छताका लागि सरसफाइ कार्यक्रम सम्पन्न

कैलालीको भजनी नगरपालिका वडा नं. ८ का च्याम्पियनहरूको पहलमा वडा नं. ८ अन्तर्गत पर्ने डल्फिन क्षेत्रमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। वातावरण संरक्षण र समुदायमा स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय च्याम्पियनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा डल्फिन क्षेत्रमा जमेको फोहरमैला संकलन तथा व्यवस्थापन गर्नुका साथै स्थानीय बासिन्दालाई सरसफाइको महत्वबारे सचेत गराइएको थियो। सरसफाइ अभियानले सार्वजनिक स्थानलाई स्वच्छ, सुरक्षित र आकर्षक बनाउन सहयोग पुर्‍याउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

सामाजिक परिचालक जेनिथ शाहले जानकारी दिँदै यस्ता कार्यक्रमले वातावरण संरक्षणसँगै समुदायमा सकारात्मक सोच र जिम्मेवारीको भावना विकास हुने बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा पनि यस्ता सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ।स्थानीयवासीहरूले च्याम्पियनहरूको सक्रियता र पहलको प्रशंसा गर्दै यस्ता अभियानमा सबैको साझा सहभागिता आवश्यक रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *