सोनाफाँटा२६ चैत/ कैलालीको भजनी नगरपालिका वडा नं. ८ र वडा नं. ३ मा संकटासन्न तथा जोखिमको लेखा–जोखा (EVCA) कार्यक्रम सम्पन्न भएको छ।समुदायको विपद् जोखिम पहिचान, न्यूनीकरण तथा तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सदस्य धौली जैशी, नेपाल रेडक्रस सोसाइटी उपशाखा भजनीका सदस्य खेम राज पाण्डेय Ecolab परियोजनाका नरेन्द्र जोशी र कमल राज जोशी, सरोकारवाला निकाय तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बाढी, डुबान, आगलागी लगायत सम्भावित विपद् जोखिमहरूको पहिचान गरी जोखिम न्यूनीकरणका उपायहरूबारे छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय स्तरमा विपद् व्यवस्थापनलाई थप सुदृढ बनाउन आवश्यक सुझाव समेत दिएका थिए।कार्यक्रमको सहजीकरण Ecolab परियोजना सामाजिक परिचालक…
भजनी २२ चैत/साना किसान कृषि सहकारी संस्था भजनी, कैलालीको आयोजनामा वित्तिय साक्षरता तालिम सम्पन्न भएको छ। “साना किसानको समृद्धि, कृषिको रुपान्तरण र उद्यमशीलताको विकास” भन्ने नाराका साथ सञ्चालन गरिएको उक्त तालिम साना किसानको सभा हलमा सम्पन्न भएको हो।तालिममा मीना पराजुली र कौशल्या कुमारी साउदले प्रशिक्षकको भूमिका निर्वाह गर्दै वित्तिय साक्षरता, नेतृत्व विकास, समूह व्यवस्थापन तथा आयआर्जनसँग सम्बन्धित विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रमको सभाध्यक्ष बसन्ती चौधरी रहनु भएको उक्त तालिममा विभिन्न समूहमा आबद्ध महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी महिलाहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।उक्त कार्यक्रमको आयोजनाः साना किसान कृषि सहकारी…
भजनी २२ चैत /कैलालीको भजनीमा “जीविकोपार्जन र जैविक विविधताका लागि समुदायको सशक्तिकरण (ECOLAB)” कार्यक्रम अन्तर्गत आधारभूत प्राथमिक उपचार तालिम चार दिने सुरु भएको छ। नेपाल रेडक्रस सोसाइटी, ब्रिटिस रेडक्रस तथा JOA को सहयोगमा उक्त तालिम कार्यक्रमको सञ्चालन ECOLAB परियोजनाका सामाजिक परिचालक जेनिथ शाहले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यबारे जानकारी ECOLAB कार्यक्रमका संयोजक लौटन चौधरीले दिनुभएको थियो। उहाँले समुदायस्तरमा आकस्मिक अवस्थामा प्राथमिक उपचारको ज्ञान आवश्यक रहेको र यस तालिमले स्थानीय समुदायलाई विपद् तथा दुर्घटनाका बेला तत्काल सहयोग गर्न सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो। चार दिने तालिममा सहभागीहरुलाई दुर्घटना, चोटपटक, रक्तस्राव, सर्पदंश र बेहोस अवस्था लगायत विभिन्न आकस्मिक परिस्थितिमा गरिने प्राथमिक उपचार…
भजनी २१ चैत /कैलालीको भजनीमा रहेको नमुना महुन्याल माध्यमिक विद्यालयमा लामो समयदेखि निरन्तर सञ्चालनमा रहेको PJTA कार्यक्रमको प्रचारप्रसार तथा विस्तारका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशीको सक्रियतामा प्रशिक्षकहरू परिचालन गरिएको छ।यस क्षेत्रका जनसमुदाय तथा विद्यार्थीहरूलाई PJTA कार्यक्रममा सहभागी भई लाभ लिन विद्यालयले अनुरोध गरेको छ। साथै कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर प्रचारप्रसार जारी रहेको विद्यालयले जनाएको छ।
भजनी २१चैत/कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा सञ्चालित ECOLAB कार्यक्रम अन्तर्गत ३ दिने बहस–पैरवी (Advocacy) तालिम सम्पन्न भएको छ।चैत १९ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको उक्त तालिममा भजनी नगरपालिका वडा नं. ३, ८ र टिकापुर नगरपालिका वडा नं. ७ का गरी २५ जना (१४ पुरुष र ११ महिला) सहभागी भएका थिए।तालिमको उद्देश्य समुदायमा रहेका समस्याहरू सरोकारवालासम्म पुर्याई समाधानका लागि पहल गर्नु तथा समुदायको समग्र विकासमा सहयोग पुर्याउनु रहेको थियो। तालिममा नगरपालिका योजना प्रक्रिया, वडा भेलाहरू, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, योजना तर्जुमाका ७ चरण तथा पशुपालन सम्बन्धी विषयमा छलफल गरिएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको उद्देश्य तथा ECOLAB कार्यक्रमका…
भजनी १८ चैत/कैलालीको भजनी नगरपालिकामा नगरस्तरीय पोषण परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ। भजनी नगरपालिकाको आयोजनामा २०८२ चैत १८ गते आयोजित बैठकमा पोषण सुधार, बालबालिका तथा आमाको स्वास्थ्य सुदृढीकरण, तथा स्थानीय तहमा पोषण सम्बन्धी कार्यक्रम प्रभावकारी कार्यान्वयनका विषयमा छलफल गरिएको थियो। बैठकमा नगरपालिकाका नगर प्रमुख केवल चौधरी, उप प्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्ट,वडा अध्यक्ष केशव बुढा र जनप्रतिनिधि, विषयगत शाखा प्रमुख स्वास्थ्यकर्मी, सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विशेष गरी कुपोषण न्यूनीकरण, बालबालिकाको वृद्धि अनुगमन, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार, तथा स्थानीय स्तरमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने…
झलनाथ खनाल, भजनी १६ चैत/भजनी नगरपालिका भित्रका अधिकांश सामुदायिक बिद्यालयले बिद्यालयको वार्षिक साधारण सभा तथा सामाजिक परिक्षण नगरेको पाइएको छ । सामुदायिक बिद्यालयले हरेक आर्थिक वर्षको कार्तिक मसान्तसम्म अनिवार्य सामाजिक परिक्षण गरिसक्नुपर्ने भनिएको भए पनि भजनीका अधिकांश बिद्यालयले सामाजिक परिक्षण नगरेको पाइएको हो । चालू आर्थिक वर्ष सकिन चार महिना बाँकी हुँदासम्म नगरपालिकामा रहेका ३९ सामुदायिक बिद्यालय मध्ये १५ बिद्यालयले सामाजिक परिक्षण प्रतिवेदन नगरपालिकामा बुझाएका छन् । अन्य २४ बिद्यालयले शैक्षिकसत्र सकिन १५ दिन बाँकी हुँदासम्म सामाजिक परिक्षण गरेका छैनन् ।नगरपालिकाका शिक्षा अधिकृत पंख बहादुर शाहले बिद्यालयलाई सामाजिक परिक्षणका लागि बर्सेनि ताकेता गर्दा पनि सफल नभईएको बताएका छन् । “पटकपटक…
बर्दिया, चैत १०/स्थानीय र प्रहरीबीच झडप हुँदा बर्दियाको गुलरिया नगरपालिका वडा नं. ११ गणेशपुरमा एघार प्रहरी घाइते भएका छन् । लागुऔषध कारोबारविरुद्ध हुलाकी सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच झपड भएको हो । झडपमा केही स्थानीय पनि घाइते छन् । प्रहरीले स्थिति नियन्त्रण लिन ९ राउण्ड हवाई फायर र ४ राउण्ड अश्रुग्याँस छाडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश विष्टले बताए ।घटनास्थलबाट प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको उनले बताए । ‘प्रहरीमाथि नै ढुंगा प्रहार हुन थालेपछि हवाई फायर र अश्रुग्याँस हान्नु परेको हो’ उनले भने । प्रहरीका सहायक हवलदार सन्तोष विक गम्भीर घाइते भएका छन् । उनको…
कैलाली, ८ चैत — जिल्ला कैलालीको टिकापुर नगरपालिका वडा नं. ९ खैरीपुर क्षेत्रमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।आज बिहान करिब ६:४० बजेको समयमा गरिएको चेकजाँचका क्रममा टिकापुर नगरपालिका वडा नं. १ बस्ने वर्ष ३० का सागर रावल र १७ वर्षीय जीवन कुँवरलाई नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट अन्दाजी २ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको सत्ति प्रहरी चौकीले जनाएको छ। साथै, घटनास्थलबाट सु.प.प्र.०१–००८ प ८४७७ नम्बरको मोटरसाइकल पनि फेला पारिएको छ। प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको
भजनी/सशस्त्र प्रहरीको खक्रौला गुल्मका प्रमुखसहितका सशस्त्र प्रहरी कर्मचारी हेटक्वाटर तानिएका छन् ।गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रदीप पौडेलसहितका सशस्त्रलाई छानबिनका लागि हेटक्वाटर तानिएको हो । गुल्ममा ३३ जना कार्यरत थिए ।विदामा रहेका बाहेक घटनाको सयममा गुल्ममा कार्यरत सबैलाई हेटक्वाटरले छानबिनका लागि तानेको सुदूरपश्चिमका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिगविजय सुवेदीले जानकारी दिए । उनकाअनुसार हेटक्वाटरले डीएसपी देवराज विष्टलाई खक्रौला पठाएको छ । विष्ट सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा कार्यरत थिए । सशस्त्र प्रहरीको ३४ नम्बर गण धनगढीले पनि सशस्त्र प्रहरी निरीक्षक सुर्यप्रकाश पन्तलाई पनि खक्रौला पठाएको छ । सशस्त्र प्रहरीले टीकापुरका एक व्यवसायीको बिलजिक भएको सामान नियन्त्रणमा लिएपछि विवाद…
भजनी ०६ चैत /भजनी नगरपालिका वडा नं. १ स्थित महुन्याल माद्यामिक बिधालय भजनीले कार्तिक महिना भित्र सम्पन्न गरिसक्नुपर्ने सामाजिक परिक्षण कार्यक्रम बिहिवार सम्पन्न गरेको छ । शिक्षक अभिभावक संघका अध्यक्ष जगत विकको अध्यक्षतामा भएको बिधालयको सामाजिक परिक्षण कार्यक्रममा भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बिधालयसँग प्रयाप्त स्रोतसाधन हुँदाहुँदै पनि शैक्षिक गुणस्तरमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको बताएका छन् । “एक कठ्ठामा सिमित संस्थागत बिधालय र ६०/६५ बिघामा फैलिएको सामुदायिक बिधालयलाई शैक्षिक गुणस्तरलाई लिएर तुलना गर्दा त्यो एक कठ्ठामा फैलिएको संस्थागत बिधालय बलियो छ ।” उनले भने, “अब सामुदायिक बिधालय पनि शैक्षिक गुणस्तरमा बलियो हुनुपर्छ । कार्यक्रममा बिधालय व्यवस्थापन समितिका…
खक्राैला / खक्राैला स्थित सशस्त्र प्रहरीले सामान भन्सार कार्यालय नपुग्दै आफ्नो नियन्त्रणमा लिने र जिएसटि विल र भारतीय भन्सार बनाएको कागजात हुँदाहुँदै पनि व्यापारी र नागरिकलाई अनावश्यक हैरानी दिने शैली पुरानै हो । यो शैली मंगलबार साँझ पनि दाेहाेरिएकाे छ । सत्ती भन्सार कार्यालय बाट करिब एक किलोमिटर दक्षिणतर्फ रहेको सशस्त्रको गुल्मले जिएसटि विल र भारतीय कस्टम भएको सामान पनि सामान नियन्त्रण लिएर दुःख दिएकाे छ । साे सामानको व्यापारी रसिद अलीले बिल देखाउँदा पनि सशस्त्र प्रहरी नायब उपरिक्षक प्रदिप पौडेलले सामान नियन्त्रण लिएको आराेप छ । डिएसपी पाैडेलकाे भन्सार नपुग्दै सामान नियन्त्रणमा लिने काम सरासर गैरकानुनी भएको सत्ति भन्सार…
भजनी नगरपालिका वडा नम्बर १ लाई २०८३ साल असार मसान्त भित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्य सहित सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । वल्र्ड भिजन इन्टरनेशनल नेपाल र विकासका लागि युवा एकबद्धता यार्ड धनगढीको सहकार्यमा सञ्चालित बाल समृद्धिका लागि एकीकृत विकास परियोजना अन्तर्गत उक्त प्रतिबद्धता गरिएको हो । परियोजनाले बालमैत्री स्थानीय शासन तथा पोषणमैत्री वडा निर्माणलाई प्राथमिकतामा राखेको छ । प्रतिबद्धता पत्रमा हस्ताक्षर गदैर्, भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नेपाल सरकारको कार्ययोजना अनुसार स्थानीय तहहरूले बालमैत्री तथा पोषणमैत्री पालिका निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले यस अभियानलाई भजनी नगरपालिकाले उच्च प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्दै पहिलो चरणमा…
भजनी ३० फागुन / कैलालीको कृष्णनगरमा जाल्पा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको ९ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सभाध्यक्ष तुला राम जैशीको अध्यक्षता तथा प्रमुख अतिथि वडा नं ८ का अध्यक्ष पंकज चौधरी को प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा सन्तोष परियारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने आर्थिक वर्षको २०८१ /२०८२को आय–व्यय ४५ लाख ६५ हजार ३ सय ४३ बराबरको विवरण सुरेश काफ्लेले प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी महुन्याल मा. विद्यालयका व्यवस्थापक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशीले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी यज्ञराज जैसीले गर्नुभएको थियो। उक्त साधारण सभा तथा सार्वजनिक सुनुवाइ…
भजनी: क्योकुशिन–कान अन्तर्राष्ट्रिय प्रतियोगिता “नेशन्स कप” मा सहभागी हुन भजनी नगरपालिका, कैलालीका खेलाडी मुकेश कुमार चन्द २४ फेब्रुअरीमा दिल्ली प्रस्थान गर्न लागेका छन्। उनी भजनी नगरपालिकाबाट यस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुने एक मात्र खेलाडी हुन्। उक्त प्रतियोगिता २८ फेब्रुअरीदेखि १ मार्च २०२६ सम्म रूसको राजधानी मस्कोमा आयोजना गरिनेछ। नेपालबाट कुल पाँच जना खेलाडी र एक जना प्रशिक्षक सहभागी रहनेछन्। अन्य खेलाडी तथा प्रशिक्षक काठमाडौँबाट सिधै दिल्ली पुग्ने कार्यक्रम रहेको छ भने मुकेश कुमार चन्द २६ फेब्रुअरी बिहान ४ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट मस्कोतर्फ प्रस्थान गर्नेछन्। विश्वका विभिन्न देशका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने यस प्रतियोगितामा नेपालका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै…