Skip to main content

Bhajani Today

निःशुल्क आँखा जाँच शिविर सम्पन्न

भजनी १९ बैशाख/कैलाली जिल्लाको भजनी नगरपालिकामा विश्व हिन्दु परिषद नेपाल तथा गेटा आँखा अस्पतालको आयोजना, भजनी नगरपालिका वडा नं. १ को सहयोग र भजनी प्राथमिक स्वास्थ्य केन्द्रको सहजीकरणमा १ दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।

उक्त शिविरमा कुल ३५२ जना सेवाग्राहीले आँखा जाँच गराई सेवा लिएका छन्। कार्यक्रममा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो भने आँखासम्बन्धी समस्याको पहिचान र उपचारमा शिविरले महत्वपूर्ण योगदान पुर्‍याएको नगर सभापति हेमेन्द्र  भारद्वारले जानकारी दिए।यस किसिमका स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *