Skip to main content

Bhajani Today

भजनीले सकेन शिक्षक सरुवा गर्न

भजनी १६ वैशाख/शिक्षक दरबन्दी मिलान तथा सामुदायिक बिद्यालयको तह मिलानको प्रक्रियामा भजनी नगरपालिका असफल भएको छ ।बर्सेनि शैक्षिक गुणस्तर खस्किँदै गएपछि विद्यार्थी संख्याको आधारमा बिद्यालयको तह मिलान तथा शिक्षक सरुवाको प्रक्रिया अगाडि बढाएको थियो । तह समायोजन गर्ने भनिएका बिद्यालयलाई नगरपालिकाले यसअघि पत्राचार गरिसकेको थियो भने शिक्षकहरुको सरुवाको विषयमा निकै विवाद सिर्जना भएको थियो । नगरपालिकाको शिक्षा समितिले शिक्षक सरुवाको विषयमा २५ वटा बैठक बसेको शिक्षा अधिकृत पंखबहादुर शाहले जानकारी दिएका छन् ।

अन्ततः समितिले विवादका बाबजुद केही शिक्षकहरुको सरुवा गर्ने गरी निर्णय गर्दै कार्यपालिका पठाएको थियो । मंगलबार बसेको कार्यपालिकाको बैठकले बाहिरको दबाबलाई थेग्न नसकेपछि २५ पटक बसेर निचोडमा पुगेको निर्णयलाई कार्यान्वयन नगर्ने निर्णय गरेको छ । नगर प्रमुख केवल चौधरीले एक सुचना जारी गर्दै भनिएको छ, “भजनी नगरपालिका नगर कार्यपालिकाको मिति २०८२/१२/०९ गतेको कार्यपालिकाको निर्णय कार्यान्वयनका लागि मिति २०८२/१२/२० गते यस नगरपालिकाबाट प्रेषित पत्र कार्यान्वयन नगरी पुर्ववत रुपमा नै विद्यालय संचालन हुने गरी विद्यार्थी भर्ना एवं पठनपाठन गर्न गराउन हुन सम्बन्धित सम्पूर्ण विद्यालयहरुलाई जानकारी गराईन्छ ।”

शिक्षक सरुवामा मनलाग्दी भएको, कसैलाई काखा कसैलाई पाखा गरेको र सरुवा हुनुपर्ने अवस्थामा सबै शिक्षकहरुको सरुवा हुनुपर्ने माग राख्दै नगरपालिका भित्रका सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुले शिक्षक सरुवाको निर्णय कार्यान्वयन भए रमाना नबुझ्ने निर्णय गरेका थिए । खासगरी शिक्षा शाखाको कमजोर कार्यसम्पादन र यथेष्ट निर्णयमा अडिग हुन नसक्नु र कार्यपालिका भित्र विभिन्न राजनीतिक आस्थाका कारण शिक्षक सरुवाको सिफारिसमै मतभेद देखिएको बताइएको थियो । अन्ततः नगरपालिका सामुदायिक बिद्यालय र शिक्षकका अगाडि झुकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *