Skip to main content

Bhajani Today

भजनीमा अवैध साल काठ बरामद

कैलाली जिल्लाको भजनी नगरपालिका–९, आमबारी क्षेत्रमा अवैध रूपमा लुकाई छिपाई राखिएको साल जातको काठ प्रहरीले बरामद गरेको छ। मिति २०८३ साल वैशाख १३ गते साँझ करिब १६:०० बजे प्राप्त गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानीय दिलिप हमाल (अन्दाजी ४० वर्ष) को घर नजिकै रहेको गोठबाट उक्त काठ फेला पारेको हो।

प्रहरीले सो स्थानबाट ४७.८ क्युबिक फिट परिमाणको अन्दाजी मूल्य रु. २,१०,००० बराबरको साल जातको ७० वटा कडी बरामद गरेको जनाएको छ।बरामद गरिएको काठ आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि सब–डिभिजन वन कार्यालय पचमोडियालाई बुझाइएको  ईलाका प्रहरी कार्यालय भजनीका कार्यालय प्रमुख खगेन्द्र साउदले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *