Skip to main content

Bhajani Today

संयुक्त प्रेस विज्ञप्ति जारी, विद्यालयमा भएको घटनाप्रति ध्यानाकर्षण

कैलालीको भजनी नगरपालिका वडा नं. ५ स्थित श्री कमेश्वर माध्यमिक विद्यालयमा भएको घटनाप्रति शिक्षक संगठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्। मिति २०८३/०१/१८ गते सम्पन्न अभिभावक भेलामा प्रधानाध्यापक लिलाराम विश्वकर्मामाथि विद्यालय व्यवस्थापन समिति सदस्यद्वारा हातपात तथा लछारपछार गरिएको भन्दै उक्त घटनाको निन्दा गरिएको छ।

प्रेस विज्ञप्तिमा विद्यालय परिसरभित्र भएको यस्तो अमर्यादित व्यवहारप्रति कानुनी कारबाही गर्न माग गरिएको छ। साथै दोषीमाथि छानबिन गरी कारबाही अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।उक्त विज्ञप्ति नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघलगायतका शिक्षक संघ/संगठनहरूले संयुक्त रूपमा जारी गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *