टीकापुर ०५ वैशाख /टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला स्थित सडक खण्डबाट प्रहरीले भारतबाट ल्याएको माछा बरामद गरि नस्ट गरिएको छ ।
कैलाली जानकी गाउँपालिका वडा नं.२ बढरिया बस्ने ४० वर्षीय प्रदेशु चौधरीले चलाएको सु.प.प्र.०१०००१२ प ५०५१ नम्बरको मोटरसाईकलमा ९८ किलोग्राम, टीकापुर नगरपालिका वडा नं.१ शक्तिनगर बस्ने ३४ वर्षीय दिनेश चौधरीले चलाएको से.५ प. ८४५७ नम्बरको मोटरसाईकलमा ३९ किलोग्राम र एकतानगर शिविर बस्ने ४० वर्षीय लक्ष्मण डगौरा थारुले चलाएको सु.प.प्र.०१-००९ प २१३४ नम्बरको मोटरसाईकलमा ३७ किलोग्राम समेत गरि जम्मा एक सय ७४ किलोग्राम माछा प्रहरीले बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको माछा सत्ती भन्सार कार्यालय बुझाएर भन्सार परिसरमा नष्ट गरिएको भन्सार कार्यालयका प्रमुख चक्र बहादुर सोनीले जानकारी दिएका छन् । तीनवटा मोटरसाइकल र तिनै जनालाई आवश्यक जरिवाना सहितको कारबाही गरिएको प्रमुख सोनीले बताए ।