कैलालीको भजनीमा रहेको प्रहरी चौकी भजनी वडा नं ८ जनकपुरमा ईन्चार्ज भएर ८ महिना काम गरेका प्रहरी सहायक निरिक्षक दिल बहादुर बोगटीलाई एक कार्यक्रम गरि भजनी नगरपालिकाका उप प्रमुख राजु तिरुवाले विदाई गर्नु भएको थियो।८ महिनाको समयमा बोगटीले शान्ति सुरक्षाको क्षेत्रमा अत्यन्तै राम्रो कार्य गरेको भन्दै उप प्रमुख तिरुवाले असई बोगटीलाई धन्यवाद दिइन् । समाजमा शान्ति कायम गर्न प्रहरीको भुमिका अत्यन्तै ठुलो रहने र सो काममा असई बोगटीले पुर्याएको योगदानलाई उप प्रमुखले मुक्तकण्ठले प्रसंसा गरिने।वडा नं ८ का वडा अध्यक्ष पंकज चौधरीले एक होनाहार प्रहरीलाई प्रहरी चौकी भजनी वडा नं ८ जनकपुरवाट विदाई गर्नुपरेको र चाडै वढुवा भएर पूनः आउनका…
भजनी / बर्षात् शुरुभए संगै कैलालीको भजनीको ३,८ र टीकापुरको ७का सहायक नदीहरूमा दुर्लभ डल्फिन देखापर्न थालेका छन्।मोहना, पथरैया लगायतका नदीमा डल्फिन देखापर्न थालेका हुन् । मनसुन भित्रीएसंगै नदीहरूमा पानीको सतह बढेको छ। नदीमा जलस्तर बढेपछि केहिदिन यता देखि डल्फिन देखापर्न थालेको डल्फिन DABC नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए।उनका अनुसार डल्फिन संरक्षण क्षेत्रमा एक बच्चा समेत गरेर चार वटा डल्फिन देखापरिरहेका छन्। यो क्षेत्रमा मनसुन अवधिभरी मात्र डल्फिन आउने गर्दछन् । अरु, बेला गहिराई खोज्दै कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा फर्कने गर्दछन्।कर्णालीमा वर्षभरी नै डल्फिन बस्ने गर्दछन्।नदीमा जल सतह बढेपछि कर्णालीबाट सहायक नदीहरूमा डल्फिन आउने गरेको ढुङ्गानाको भनाइ छ। उनले…
कैलालीको भजनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। भजनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। भजनी नगरपालिकाको नौ वटै वडामा रहेका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरेर खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका अध्यक्ष टीका चौधरी भुलले पूर्ण खोप सुनिश्चितता एवम् दिगोपना घोषणा गर्नुभयो। पूर्ण खोप सुनिश्चितताको अवस्था ल्याउन महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्यकर्मी र सरोकारवाला निकाय अहोरात्र खटेको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनुभयो। स्वास्थ्यकर्मीको अथक प्रयासले पूर्ण खोप सुनिश्चित पालिका बनाउन सफल भएको समितिका संयोजक एवम् नगर प्रमुख केवल चाैधरीले बताउनुभयो। उहाँले अझै जुझारु र संवेदनशील भएर काम गर्न…
के.आर.पाण्डेय -भजनी१० असार/ भजनी नगरपालिकाले आउने आर्थिक वर्षका लागि ६८ करोड बढीको बजेट ल्याएको छ । नगरपालिकाकी नगर उपप्रमुख राजु तिरुवाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६८ करोड ४३ लाख ६५ हजार तीन सय ४१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन । नगरपालिकाको १८ औं नगर सभा अधिवेशनको तेस्रो बैठकमा प्रस्तुत भएको बजेटमा संघीय सरकारको वित्तीय समानीकरणबाट १४ करोड १३ लाख, सशर्त अनुदान चालू तर्फबाट २३ करोड १८ लाख, सशर्त अनुदान पुँजीगत तर्फबाट एक करोड १० लाख, संघीय सरकारकै पुँजीगत तर्फको समपुरक अनुदानबाट ६७ लाख, संघीय सरकारको राजश्व बाँडफाँडबाट १२ करोड ४५ लाख १४ हजार तीन सय एकचालीस रुपैयाँ…
कैलालीको भजनीमा नगर शिक्षा समिती गठन भएको छ । भजनी नगरपालिका नगरप्रमुख केवल चौधरीको संयोजकत्वमा १३सदस्यीय नगर स्तरीय शिक्षा समिती गठन गरेको हो ।समितीको सदस्यमा नगर उप प्रमुख राजु तिरुवा,भजनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपाने , वडा नं १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडा नं ५ का वडा अध्यक्ष केशव बुढा रहेका छन् । त्यसैगरि संस्थागत प्रतिनिधित्व गर्दै सदस्यमा हैरानी देवी डगौरा, कृष्ण बहादुर बुढा, सत्वन्ति चौधरी,खडक बुढा,भीम बहादुर चौधरी, मनिराम चौधरी र राम दयालु चौधरी रहेका छन् ।यस समितिले महत्वपूर्ण भूमिका खेल्ने भजनी नगरपालिका शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले बताए ।उनले विद्यालय सुरक्षा शैक्षिक गुनस्तरिय…
कैलालीको भजनीमा दिगो विकास समाज भजनीको आयोजनामा तथा वल्र्ड भिजन नेशनल नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा NYCA बैतडीको सहकार्यमा जलवायु जनचेतना मुलक कार्यक्रम राष्ट्रिय मा.विद्यालय भजनी ४ खैलाडमा सम्पन्न भएको छ।वातावरणीय प्रदूषण, वन विनाश, औद्योगिक उत्सर्जन, प्लास्टिकजन्य फोहोरको बढ्दो प्रयोग, र अत्यधिक कार्बन उत्सर्जन जलवायु परिवर्तनका मुख्य कारण रहेको प्रशिक्षक राम चन्द भट्टले बताए ।वृक्षारोपण, सफाइ अभियान, र जनचेतना कार्यक्रमहरूले वातावरण जोगाउन महत्वपूर्ण भूमिका रहेको वल्र्ड भिजन नेशनल नेपालका सौगात शर्मा न्यौपाने बताएका छन्।समाधानका उपायहरूका रूपमा वृक्षारोपण तथा वन संरक्षण अभियानलाई प्रवद्र्धन गर्ने, प्लास्टिकजन्य फोहोर न्यूनीकरण गर्दै पुनः प्रयोग तथा रिसाइकल प्रविधि अपनाउने, सार्वजनिक स्थान तथा खोलानालाहरू सफा राख्न सामुदायिक…
भजनी ०९ असार /भजनी नगरपालिकाले आउने आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम नगर सभाले पारित गरेको छ् ।गएको जेठ ३० गते नगरपालिकाको १८ औं नगर सभा अधिवेशन आव्हान गर्दै सोही दिन नीति तथा कार्यक्रम पारित गर्ने कार्य सुची हुँदा त्यसमा केही नगर सभा सदस्यले सभा चल्न नदिएपछि दोस्रो बैठक आइतबारका लागि तय गरिएको थियो । त्यसैअनुसार नगरपालिकाले आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभाले पारित गरेको हो । नगर सभामा नगर प्रमुखले प्रस्तुत गरेको नगरपालिकाको आउने आर्थिक वर्षको नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई महत्त्व दिएको बताइएको छ । शिक्षा तर्फ माद्यामिक तह कक्षा ९ र १० सम्म नि:शुल्क…
भजनी ६ असार /भजनी नगरपालिकाले खाना तथा खाजाको विषयमा सिन्डिकेट लगाएको भन्दै यतिबेला सामाजिक संजालमा व्यापक विरोध हुन थालेको छ । नगरपालिकामा हुने हरेक कार्यक्रमहरु सञ्चालन गर्दा होस् वा अन्य खाना तथा खाजा खानुपर्ने स्थितिमा एउटै होटललाई मात्रै प्राथमिकतामा राखेको भन्दै विरोध भएको हो । खासगरी स्थानीय सरकारले आफ्नो क्षेत्रका सबै व्यवसायलाई समान रुपमा हेर्नुपर्ने र त्यसैअनुसारको अवसर सिर्जना गर्नुपर्ने भए पनि नगरपालिकाले खाना खाजाका लागि सिन्डिकेट लगाएको आरोप लाग्न थालेको छ । नगरपालिकाका नगर प्रमुखको निर्देशनमा भजनी बजारमा सञ्चालन गर्दै आएको भिजन होटल एण्ड रेस्टुरेन्टको विकल्प अर्को होटल हुन नसकेको स्रोतको दाबी छ । उक्त होटलको सेवासुविधाको हिसाबले सामान्य…
भजनीको भजनी क्षेत्रमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टका इन्चार्ज विजय कुमार बमलाई एक कार्यक्रमका बीच बिहीबार भव्य विदाई गरिएको छ। भजनी बजारका व्यापारी,सञ्चारकर्मी, ठेकादार ,युवा र इलाका प्रहरी कार्यालय भजनीले बमको आठ महिनाको कार्यकालका क्रममा ट्राफिक सचेतनामा पुर्याएको योगदानको सम्मानस्वरूप विदाई कार्यक्रमको आयोजना गरेको हो। बम अस्थाई ट्राफिक पोष्ट त्रिभुवन बस्ती कन्चनपुर सरुवा भएका छन्। इन्चार्ज बमले भजनी क्षेत्रका सडकमा ट्राफीक व्यवस्थापन, ट्राफिक सचेतना, विद्यालयमा अभिमुखीकरण कक्षा, जेब्राक्रसिंग निर्माण, साइकल यात्री तथा मोटरसाइकल चालकलाई नियमको जानकारी दिने र भजनी, चर्रा , धनैरा बजारमा अटो पार्किङ निर्माण लगायतका उल्लेखनीय कार्य गरेका थिए। भजनीका होटल व्यवसाय राजु चौधरीका अनुसार बमको योगदानले भजनी…
कैलालीको भजनी नगरपालिकाको सहकार्य तथा खप्तड तालिम तथा रोजगार मल्टिप्रपोज प्रा.लि अछामको आयोजनामा अति जोखिममा रहेका, टुहुरा ,अनाथ , लोपोन्मुख बालबालिका तथा विपन्न बालबालिकाहरुलाई स्टेशनरी सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ। भजनी नगरपालिका उप प्रमुख तथा बाल अधिकार समिति संयोजक राजु तिरुवाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख केवल चौधरीले प्रमुख अतिथि रहनु भएको थियो। उक्त कार्यक्रममा न्यायिक समिति सदस्य राजेन्द्र खनाल,महिला बालबालिका तथा समाजकल्याण उपशाखा कर्मचारी जौकला सार्की , विद्यालय प्रअ , बालबालिका, अभिभावक र शिक्षक लागाएतको सहभागिता रहेको थियो।कार्यक्रममा बोल्दै नगर प्रमुख केवल चौधरीले बालबालिकालाई अनुशासन र पढाइमा मन लगाउन प्रेरणा दिनु भयो र आधारभूत स्तरका बालबालिकालाई…
भजनी: कैलाली प्रहरीले गोली हानेर दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको भजनी नगरपालिका ७ मा प्रहरीले गोली चलाएको हो। गोली हानेर नियन्त्रणमा लिइएकामा रिदम ढुंगाना र मिलन चन्द रहेका छन्। दुवैलाई गोली लागेको छ। कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार टीकापुरमा गत जेठ १५ गते स्थानीय टेकेन्द्र सिंह विष्टमाथि खुकुरी प्रहार भएको घटनामा कैलारी गाउँपालिका–२ को शिवरत्नपुरबाट दुई जनालाई पक्राउ गरिएको थियो। भजनी क्षेत्रमा पुग्दा उनीहरु भाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको डीएसपी सिंहले बताए। गोली प्रहार गरेर दुवै जनालाई नियन्त्रणमा लिइएको छ। ‘कैलारी गाउँपालिका–२ शिवरन्तपुरबाट पक्राउ परेका रिदम ढुंगाना र मिलन चन्दलाई प्रहरी टोलीले टीकापुर लगिरहेको थियो,’ डीएसपी सिंहले भने, ‘बाटोमा…
धनगढी : कैलालीमा यो वर्ष सरदर भन्दा बढी पानी पर्ने सम्भावना रहेको छ। यो वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको हो। यो वर्ष कैलालीमा पानी बढी पर्ने सम्भावना देखिएपछि पूर्वतयारीमा जुट्न आवश्यक रहेको आग्रह गरिएको छ। धनगढीमा आयोजित पूर्वसूचना समन्वयकारी सुदृढीकरण कार्यक्रमका सहभागीले पूर्वतयारीमा जुट्न जरुरी रहेको बताएका हुन्। सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेका कारण बाढी, डुबान समस्या हुन सक्ने उनीहरूको दाबी छ। जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले विगतदेखि डुबान समस्या हुँदै आएको क्षेत्रमा यस वर्ष अली बढी डुबान हुन सक्ने भएकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको…
कैलालीको भजनीमा वन वातावरण तथा विपत् व्यवस्थापन समितिको आर्थिक वर्षको नीति कार्यक्रम बजेट सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ।दिगो विकास समाज भजनी र वर्ल्ड भिजन नेशनल नेपाल द्वारा संचालित पोषण तथा उत्थानशील जीविका पार्जन परियोजनाबाट यस नगरपालिकामा रहेका समुदाय स्तरीय विपत् व्यवस्थापन,वडा स्तरीयलाई विपत् पूर्व कार्यकालागि विपत् खोज तथा उद्धार सामाग्रीहरु वितरण दिगो विकास समाज भजनीले वडा नं २ र ३ समुदायलाई ३३ हजार १३ सय बराबरको विपतमा प्रयोग हुने सामग्री वितरण गरिएको पोषण तथा उत्थानशील जीविका पार्जन परियोजना अधिकृत विनोद शाह जानकारी दिए। साथै भजनी नपाको विपत् व्यवस्थापन शाखासंगको सहकार्यमा वन वातावरण तथा विपत् व्यवस्थापन समितिसंग आर्थिक वर्षको निति कार्यक्रम…
कैलालीमा एक महिलामाथि प्रहरीले गरे हातपात टीकापुर २४ जेष्ठ/कैलालीको खैरीपुर चेक पोष्टका इन्चार्ज यज्ञराज पन्तले महिलामाथि हातपात गरेका छन्। जिल्लाको टीकापुर नगरपालिका–७ हुलाकी राजमार्गको खैरीपुर चेक पोष्टमा उनले एक महिलामाथि हातपात गरेका भन्दै प्रहरीमा निवेदन परेको हो। टीकापुर नगरपालिका–१ की २९ वर्षीया राजकुमारी कुँवर शाहले चेक पोष्टमा शुक्रवार साँझ डिउटीमा रहेका पन्तले हातपात गरेको भन्दै निवेदन दिएकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। शुक्रवारको उक्त घटनाको छानबिनका लागि प्रहरीले छानबिन समिति गठन गरेको हो। उनीहरूको बिचमा भएको विवादको विषयमा प्रहरीले छानबिन गर्ने बताएको छ।
बैदी २२ जेष्ठ/कैलालीको टीकापुरमा डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालकाे आयाेजनामा विश्व वातावरण दिवसको अवसरमा डल्फिन ,जलचर जैविक विविधता संरक्षण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। डि ए वि सि नेपालका अध्यक्ष भाेज राज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि टी न पा ७ का वडा सदस्य राज कुमार चाैधरी रहेका थिए। कार्यक्रममा टीकापुर न पा वडा ७ का वडा सदस्य आईती देवि सुनार , सशस्त्र प्रहरी बल वि ओ पि कालाकुण्डाका ईन्चार्च नर बहादुर महतरा र CDMC बैदीका काेषाध्क्षय बासुदेव काेईराला लगाएतले शुभकामना मन्तव्य राखेका थिए। उक्त कार्यक्रममा स्वागत् मन्तव्य DABC नेपालका कोषाध्यक्ष कृष्णा चौधरी गर्नु भएको कार्यक्रमको…