Skip to main content

Bhajani Today

कालिका टोलमा संकटेश्वर महादेव मन्दिर निर्माण तथा प्राण प्रतिष्ठा सम्पन्न

 कैलालीको भजनी नगरपालिका–८ जनकपुर कालिका टोलमा संकटेश्वर महादेव मन्दिर निर्माण सम्पन्न गरी मूर्ति प्राण प्रतिष्ठा गरिएको छ। स्थानीयको सहयोगमा करिब आठ लाख रुपैयाँको लागतमा बनेको मन्दिरको बारेमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर थापाले जानकारी दिनुभयो।श्रावण महिनाको अन्तिम सोमबारको अवसरमा विशेष पूजापाठसहित प्राण प्रतिष्ठा गरिएको पण्डित उपेन्द्र खनालले बताउनुभयो। यस क्षेत्रमा संकटेश्वर मन्दिर नभएकाले यो धार्मिक स्थललाई विशेष महत्वका साथ हेरिएको र पूजाअर्चना गरेमा ग्रहदशा कट्ने विश्वास रहेको कोषाध्यक्ष धर्मराज तिमिल्सिनाले बताउनुभयो।

स्थानीय अजयराज तिमिल्सिना र प्रकाश साउँदका अनुसार संकटेश्वर महादेवको पूजा गर्दा मनोकामना पूरा हुने र संकट टर्ने विश्वास छ। हिन्दू धर्मावलम्बीहरूले महादेवलाई ‘देवताको पनि देउता’ मानेर विशेष श्रद्धा अर्पण गर्ने गरेको र नियमित पूजा गरिने उपसमितिका अध्यक्ष रतनबहादुर साउँदले जानकारी दिनुभयो।

अन्तिम सोमबारको अवसरमा दर्शनार्थीहरूको ठूलो भीड लागेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *