साझा अक्षर

सामुदायिक वनको १०औं साधारण सभा सम्पन्न

कैलाली जिल्लाको जोशीपुर वडा ३मा रहेको शंकर सामुदायिक वन उपभोक्ता समुहको १० औ साधारणसभा सम्पन्न भएको छ।

वनका अध्यक्ष दान सिंह चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी जोशीपुर गाउँपालिका वडा न ३ वडाअध्यक्ष रेणु चौधरीले सामुदायिक बनले सधारणसभा समयमै गर्नु पर्ने बताए । प्रत्येक बर्ष गरिएका काम अभिलेखिकरण गर्दै , सस्थागत रूपमा नेतृत्व बिकास गर्दा सामुदायिक बनको वार्षिक आम्दानी को सामुदायिक बनको बिधान अनुसार गरिबी न्यूनीकरण गर्दै , यसरी सामुदायिक बन सरक्षण , सम्बर्द्धन गर्दै सदुपयोग गर्दा सहज रुपमा दाउरा , घाँस , स्याउला पाउन स्थानीयलाई सहज भएको चौधरीले बताए ।

सामुदायिक बनको उपभोक्ताहरुको जिबिको पार्जन , चोरि सिकारी नियन्त्रण ,वन्यजन्तु सरक्षण गर्दै खोला नाला नियन्त्रणका लागि सबैजनाले पहल गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा बोल्दै समन्वय समिति वनका भजनीका अध्यक्ष खोज राम चौधरीले सामुदायिक बनले बिधान अनुसार काम गर्नु पर्ने बताए । बनले बिकासका पुर्वाधार निमार्ण शिक्षा , स्वास्थ्य लगायतका काम पनि गर्न सक्ने हुनाले चोरी सिकारी नियन्त्रण गर्दै बन संरक्षण गर्नु पर्नेमा उनले जोड दिए ।कार्यक्रममा राहुल बुढा,विश्वनाथ चौधरी,विष्णु प्रसाद डगौरा र देवेन्द्र शाहले शुभकामना मन्तब्य राखेका थिए। उक्त सामुदायिक वनले जशिपुरका ४वटा विद्यालयमा पोशाक स्टेशनरी सामग्री वितरण गरिएको थियो। कार्यक्रममा ईलाका प्रहरी कार्यालय जोशीपुरका वरिष्ठ सई चंख बहादुर कठायतलाई सामुदायिक वनले सम्मान गरेको थियो। साधारण सभा अधिवेशन मा स्थानिय संस्कृति झल्किने सखिया नाच लगाएतका कार्यक्रम गरिएको थियो।

त्यस्तै कार्यक्रममा शंकर सामुदायिक बन सचिब हिरा देवी चौधरीले आर्थिक बर्ष २०८०/२०८१ को २८लाख ७३ हजार १७ रुपैया बराबर को आयब्याय सङ्गै कार्यप्रगती प्रतिबेदन प्रस्तुत गरेकि थिइन।सामुदायिक वनका सल्लाकार संयोजक भिख्खु लाल चौधरी स्वागत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन धर्मेन्द्र विष्टले गरेका थिए। स्मरण रहोस् भजनी समन्वय समिति अन्तर्गत ५२वटा सामुदायिक वनहरु मध्य यो आर्थिक वर्षमा पहिलो पटक साधारण सभा गर्न सफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *