Skip to main content

Bhajani Today

भजनीमाअपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

कैलालीको भजनी नगरपालिकाको सहकार्य तथा बाल कल्याण संघ टीकापुरको आर्थिक तथा प्राविधिक सहयोगमा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ ।बाल कल्याण संघको सहयोगमा नगरपालिका भित्रका २२ जना अपाङ्गता भएका नागरिकहरुलाई विभिन्न सहायक सामग्री वितरण गरिएको महिला बालवालिका तथा समाजकल्याण उपशाखाको भजनी नगरपालिका प्रमुख रिजु चौधरीले जानकारी दिनु भयो । 

७ जनालाई ह्वीलचेयर, ७ जनालाई वैशाखी,६ जनालाई सेतोछडी र २ जनालाई वाकर वितरण गरिएको भजनी नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत कैलाश थारु डगौराले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *