Skip to main content

Bhajani Today

खुटिया नदीमा नुहाउन गएका ७ मध्ये ४ जना वेपत्ता

भजनी, भदौ १२/कैलालीको गोदावरी नगरपालिका वडा नं. ९, शहरी झुलोंगे पुल नजिक खुटिया खोलामा नुहाउन गएका सात जना किशोरमध्ये चार जना वेपत्ता भएका छन् ।बेपत्ता हुनेमा १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी रहेका छन् ।

उनीहरु धनगढी उपमहानगरपालिका वडा नं. ४ का १७ वर्षीय नबिन डडाल, १७ वर्षीय युवराज कुँवर, १७ वर्षीय आकाश मल्लसँगै नुहाउन गएका थिए ।

उनीहरूमध्ये चार जना हालसम्म वेपत्ता रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएस्पी रणबहादुर चन्दले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *